गृहपृष्ठ ∕ समाचार ∕ भदौ १ देखि कम्पनी रजिष्टारको सेवा अनलाइन माध्यमबाट पाइने भदौ १ देखि कम्पनी रजिष्टारको सेवा अनलाइन माध्यमबाट पाइने दीप संञ्चार साउन २८, २०७७ गते २२:२६ मा प्रकाशित काठमाडौं — कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ देखि अनलाइन माध्यमबाट सेवा दिने भएको छ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कार्यालयले सबै सेवालाई अनलाइन माध्यमबाट प्रवाह गर्ने र अनलाइनबाट गरिएका रिक्वेष्टलाई वैधता दिने निर्णय गरेको छ।कार्यालयले नयाँ कम्पनी दर्ता, कम्पनीहरुको नविकरण लगायतका काम गर्दै आएको छ।नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाईन मार्फत् पेश गरेका कागजात लाई नै आधिकारिक मान्ने जानकारी दिएको छ। यसरी कम्पनी दर्ता गर्दा प्रस्तावित प्रवन्धपत्र र नियमावलीको २ प्रति बाहेक अन्य कागजी विवरण आवश्यक पर्ने छैन।यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल खडा नगरिने र अर्को पटक कार्यालयमा कम्पनीको सम्बन्धमा काम गर्नु पर्दा अनलाईनबाट पेश गरेका विवरण र विधुतीय अभिलेखलाई वैधता दिने भएको छ।नयाँ र पुराना कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरिक्षण प्रतिवेदन लगायतका सबै विवरणहरु अनलाईन मार्फत् नै बुझाउन सक्ने छन्। हार्डकपी बुझाउनुपर्ने बाध्यता हुने छैन। तर त्यसको हार्डकपी कम्पनी आफ्नै कार्यालयमा राख्नुपर्ने छ।त्यस्तै शेयर लगत अभिलेख दर्ता गर्दा अनलाईन मार्फत् कम्पनीले पेश गरे हुने छ। यसरी पेस गर्दा स्क्यान कपी बनाउनुपर्ने छ। तर कार्यालयमा राखिएको विवरणसँग बाझिएमा कम्पनी नै जिम्मेवार हुनुपर्ने छ।यसरी अनलाइनबाट बुझाएका विवरण र वास्तविक विवरण फरक पर्न गएमा सच्याउनुपर्दा सञ्चालक समितिले निर्णय गर्नुपर्ने छ।यो सेवा लिनका लागि कार्यालयको वेबसाइटमा गएर लिन सकिने छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप