गृहपृष्ठ ∕ समाचार ∕ आज राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म यो वर्षकै धेरै उल्का वर्षा हुने आज राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म यो वर्षकै धेरै उल्का वर्षा हुने एजेन्सी साउन २८, २०७७ गते २०:०१ मा प्रकाशित काठमाडौँ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आज (बुधबार) राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म उल्का वर्षा देखिने जनाएको छ ।यो उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको छ । ‘स्विफ्ट टटल’ नामक पुच्छ्रे ताराले आफ्नो कक्षमा छोडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भएर जल्ने क्रममा यो उल्का वर्षा देखिन लागेको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।‘स्विफ्ट टटल’ पृथ्वीबाट धेरै टाढा रहे पनि यसले १ सय ३३ वर्षमा सूर्यको परिक्रमा गर्छ । सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्ने गरिन्छ ।नासोले भने अत्याधिक मात्रा उल्का वर्षा खसेको हेर्न चाहनेरुका लागि बिहीबार बिहान ३/४ बजेको समय उपयुक्त हुने बताएको छ । उक्त समयमा प्रतिघन्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रतिसेकेण्ड ६० किमिसम्म हुने भएकोले करिब ७० किमि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने नासोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।यो वर्ष जुलाई १७ देखि अगष्ट २६ सम्म उल्का वर्षा सक्रिय हुने अनुमान गरिएको छ । उल्का वर्षालाई रातको समयमा उत्तरपूर्वी आकाशमा अवलोकनकर्ताहरुले हेर्न सक्नेछन् । आफू रहेको स्थानको आकाश खुला र सफा रहेमात्र अवलोकन कार्य सम्भव हुने अध्यक्ष भट्टराईले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप