गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई सरकारद्वारा म्याद सकिएका भिजिट भिसाको समयावधि एक महिना विस्तार गर्ने घोषणा युएई सरकारद्वारा म्याद सकिएका भिजिट भिसाको समयावधि एक महिना विस्तार गर्ने घोषणा सुर्य बहादुर खवास साउन २८, २०७७ गते ८:४० मा प्रकाशित युएई – युएई सरकारले भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ। भिषा सम्बन्धि नयाँ नियम अनुसार मार्च १ पछाडि भिसा अवधि समाप्त भएकाहरुलाई आगामी सेक्टेम्बर १० तारिकसम्म भिसा जरिबाना लाग्ने छैन। उनीहरुले सेप्टेम्बर १० भित्र भिसा स्ट्याटस चेन्ज गरिसक्नुपर्ने वा युएई छाड्नुपर्ने छ।एक महिना ग्रेस पिरीयड थप गरिएको युएईको फेडेरल अथोरटी फोर आइडेन्टिटी एण्ड सिटिजनसिपलाई उदृत गर्दै स्थानीय संचार माध्यम खालिज टाईम्सले समाचार छापेको छ। तर मार्च १ अघि भिजिट भिसाको म्याद सकिएकाहरुमा भने यो लागू नहुने स्पष्ट पारेको छ।युएईस्थित नेपाली दूतावासले युएई सरकारलाई भिसा अवधि सकिएका आफ्ना नागरिकहरुको जरिवाना मिनाहाका लागि अनुरोध गरेको थियो। युएई सरकारको नयाँ नियमले युएईमा रहेका नेपालीहरुलाई केही राहत प्रदान गरेको छ ।युएईमा समस्यामा परि घर फर्कन चाहने नेपालीहरुको दुतावासले सार्वजनिक गरेको नामावलीको हाल सम्म ३० प्रतिशत नेपाली स्वदेश फर्किसकेका छन भने दुतावासको पछिल्लो तथ्याङ्क अनुसार घर फर्कन चाहानेको संख्या चालीस हजार नाघिसकेको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ