गृहपृष्ठ ∕ समाचार ∕ बन्दाबन्दीका कारण उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी बेहोर्नु पर्यो : नेपाल नागरिक उड्डयन प्राधिकरण बन्दाबन्दीका कारण उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी बेहोर्नु पर्यो : नेपाल नागरिक उड्डयन प्राधिकरण दीप संञ्चार साउन २६, २०७७ गते ८:०६ मा प्रकाशित काठमाडौं – कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति विवरण अनुसार प्राधिकरणको आम्दानी साढे चार अर्ब रुपियाँले घटेको छ । गत आवमा नियमित र विमानस्थल विकास शुल्कबापत १० अर्ब ५४ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा बन्दाबन्दीका कारण प्राधिकरणको आम्दानी पाँच अर्ब ९६ करोडमा सीमित भएको छ । यो प्राधिकरणको लक्ष्यभन्दा ४३ प्रतिशतले कम हो ।प्राधिकरणले गत आवमा अवतरण, पार्किङ, नेभिगेसन, भाडाजस्ता शुल्कबाट गर्ने नियमित आम्दानी चार अर्ब ६१ करोड रुपियाँ पुगेको छ । जब कि यी शीर्षकबाट प्राधिकरणले आठ अर्ब ३३ करोड १३ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । त्यस्तै विमानस्थल विकास शुल्कबापत प्राधिकरणले एक अर्ब ३४ करोड ७७ लाख आम्दानी गरेको छ । यो शीर्षकमा प्राधिकरणले दुई अर्ब २१ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य तय गरेको थियो ।प्राधिकरणबाहेक वायुसेवा कम्पनीको आम्दानी निकै खुम्चिएको प्रक्षेपण नियामक निकायले गरेको छ । वायुसेवा कम्पनीले बन्दाबन्दीका कारण छ अर्ब रुपियाँ आम्दानी गुमाएको प्रक्षेपण प्राधिकरणको छ । प्राधिकरण र वायुसेवा कम्पनी समेतको नोक्सानी गरेर उड्डयन क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ गुमाएको पाइएको हो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला