गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बारेकोटका पहिरो पीडितलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीबाट सहयोग बारेकोटका पहिरो पीडितलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीबाट सहयोग जीएनएन साउन २५, २०७७ गते १९:१८ मा प्रकाशित अमेरिका – गत असार २५ गतेको अविरल वर्षातका कारण पहिरोले घर नै पुरेपछि आफन्त गुमाएका बारेकोट गाउँपालिका –४ सार्की टोलका २ परिवारलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीले आर्थिक सहयोग गरेको छ । परिवारका सदस्य गुमाउनुका साथै घरबास नै नभएर विपत्तीमा परेका किशन सार्की र तुल बहादुर सार्कीका परिवारलाई प्रति परिवार ५५ हजार सात सय ७८ रुपियाँका दरले कूल एक लाख ११ हजार पाँच सय ५६ रुपैयाँ सहयोग गरिएको हो ।नासो कम्युनिटीका सल्लाहकार प्रकाश नेपाल लगायतको टोलीले पठाएको उक्त रकम शुक्रबार बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले पीडितलाई हस्तान्तरण गरे । सहयोग रकम पाएपछि पीडित परिवारले राहतको महशुस गर्दै खुसी व्यक्त गरेका छन् । सहयोगका लागि गाउँपालिका अध्यक्ष शाहले नासो कम्युनिटी र सम्बद्ध सबैलाई धन्यवाद दिए ।यस्तै विपत्तीमा परेकाहरुको सहयोगका लागि आफूहरुले खाजा खर्च रकम कटाएर बचत गर्ने गरेको र सोही रकमबाट बारेकोटका पहिरो पीडितलाई सहयोग गरेको नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले बताए । बाढी पहिरोमा परेर विस्थापित भएका अन्य परिवारलाई समेत सहयोग गर्ने चाहना भएपनि सीमित स्रोतले गर्दा मृतकका परिवारलाई मात्र रकम उपलब्ध गराउन सकिएको नासो कम्युनिटी अमेरिकाले जनाएको छ ।उक्त पहिरोमा परी किशन सार्कीका बुवा, बहिनी र भाइले ज्यान गुमाएका थिए भने आमाको अझै सम्म लास समेत भेट्टिएको छैन । त्यस्तै पहिरोमा परेर तुल बहादुर सार्कीको श्रीमति, २ छोरी र १ छोराले ज्यान गुमाएका थिए भने किशनको घरमा पाहुना आएका कुशे गाउँपालिका –९ चौराटा जाजरकोटका ४ जनाको समेत मृत्यु भएको थियो ।अहिले मृतकका परिवारका साथै पहिरोको जोखिममा रहेका अरु परिवारकाहरु समेत जंगलमा पाल टाँगेर बस्न बाध्य भएका छन् ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप