गृहपृष्ठ ∕ समाचार ∕ व्यक्ति हत्या गरेर मलेसिया र दुबईमा रोजगारी, १७ वर्षपछि समातिए कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त व्यक्ति हत्या गरेर मलेसिया र दुबईमा रोजगारी, १७ वर्षपछि समातिए कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त दीप संञ्चार साउन २४, २०७७ गते ११:११ मा प्रकाशित झापा – अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् ।तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला प्रहरी कार्यालय, झापाको पछिल्लो अपरेशनले यसको पुष्टि गरेको छ ।झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताए अनुसार जिल्लामा १७ वर्षअघि भएको कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक जलथल गाविस–८ का तत्कालीन समयमा २६ वर्षीय दुर्गा मगर भनिने दुर्गाबहादुर थापा छन् ।जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक साकारराज पन्त नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । मगरसहितको समूहले कुटपिट गरेर साबिक टाघनडुब्बा गाविस–४ का ४५ वर्षीय विरिकलाल माझीको हत्या गरेका थिए ।सामान्य विवादमा हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ । कोइरालाका अनुसार अभियुक्त मगर घटना लगत्तै काठमाडौंतिर छिरेका थिए । त्यसपछि भारतको कोलकत्ता, दार्जिलिङ पनि पुगेको खुलेको छ । त्यतै रहँदा वैदेशिक रोजगारीका लागि मलेसिया र दुबई गएर उनी नेपाल फर्किएका थिए ।हाल उनलाई जिल्ला अदालत, झापाबाट ५ दिन म्याद थप गरेर मुलुकी ऐनको ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल