गृहपृष्ठ ∕ समाचार ∕ सरकारका निर्णयप्रति प्रचण्ड र खनालको आपत्ति, ओलीको प्रतिवाद सरकारका निर्णयप्रति प्रचण्ड र खनालको आपत्ति, ओलीको प्रतिवाद दीप संञ्चार साउन २०, २०७७ गते २२:१३ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज भएको छलफल पनि कुनै निष्कर्षविना सकिएको छ।छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी थिए। छलफलका क्रममा प्रचण्ड र खनालले सरकारले पार्टीमा कुनै परामर्श नगरी एकतर्फी निर्णय गर्ने गरेको भन्दै ओलीको कार्यशैलीप्रति विरोध जनाए।लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील भट्टलाई नियुक्त गरेकोप्रति पनि दुई नेताहरुले आपत्ति जनाए। प्रधानमन्त्री ओलीले भने सरकारले गर्ने नियमित नियुक्तिका सम्वन्धमा कसैले आपत्ति जनाउन नपर्ने तर्क गरे।हिजो बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डको सिइओमा भट्टलाई नियुक्त गरेको थियो।खनालनिकट स्रोतका अनुसार पार्टीको विवादका विषय सचिवालयमा छलफल गर्ने वा स्थायी समितिमा गर्ने भन्नेबारे पनि कुरा मिल्न सकेको छैन।ओली सचिवालय बैठकमै पार्टीको विवादबारे छलफल गर्नुपर्ने अडानमा छन् भने प्रचण्ड तथा खनाल स्थायी समितिमा छलफल हुनुपर्नेमा छन्।बालुवाटार जानुअघि प्रचण्डले आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए।नेता नेम्वाङले भने बालुवाटारमा आजको छलफल सकारात्मक भएको दावी गरे। ‘छलफल एकदमै सकारात्मक भएको छ, भोलि पनि फेरि कुराकानी हुनेछ’ उनले भने।यी चार नेताबीच केही दिनदेखि नै बालुवाटारमा छलफल हुँदै आएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप