गृहपृष्ठ ∕ समाचार ∕ सरकारका निर्णयप्रति प्रचण्ड र खनालको आपत्ति, ओलीको प्रतिवाद सरकारका निर्णयप्रति प्रचण्ड र खनालको आपत्ति, ओलीको प्रतिवाद दीप संञ्चार साउन २०, २०७७ गते २२:१३ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज भएको छलफल पनि कुनै निष्कर्षविना सकिएको छ।छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी थिए। छलफलका क्रममा प्रचण्ड र खनालले सरकारले पार्टीमा कुनै परामर्श नगरी एकतर्फी निर्णय गर्ने गरेको भन्दै ओलीको कार्यशैलीप्रति विरोध जनाए।लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील भट्टलाई नियुक्त गरेकोप्रति पनि दुई नेताहरुले आपत्ति जनाए। प्रधानमन्त्री ओलीले भने सरकारले गर्ने नियमित नियुक्तिका सम्वन्धमा कसैले आपत्ति जनाउन नपर्ने तर्क गरे।हिजो बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डको सिइओमा भट्टलाई नियुक्त गरेको थियो।खनालनिकट स्रोतका अनुसार पार्टीको विवादका विषय सचिवालयमा छलफल गर्ने वा स्थायी समितिमा गर्ने भन्नेबारे पनि कुरा मिल्न सकेको छैन।ओली सचिवालय बैठकमै पार्टीको विवादबारे छलफल गर्नुपर्ने अडानमा छन् भने प्रचण्ड तथा खनाल स्थायी समितिमा छलफल हुनुपर्नेमा छन्।बालुवाटार जानुअघि प्रचण्डले आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए।नेता नेम्वाङले भने बालुवाटारमा आजको छलफल सकारात्मक भएको दावी गरे। ‘छलफल एकदमै सकारात्मक भएको छ, भोलि पनि फेरि कुराकानी हुनेछ’ उनले भने।यी चार नेताबीच केही दिनदेखि नै बालुवाटारमा छलफल हुँदै आएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट