गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सामाग्री बोकेर दाङ्ग आई पुगे स्वर्गीय नेता खड्काका छोरा अनुराग स्वास्थ्य सामाग्री बोकेर दाङ्ग आई पुगे स्वर्गीय नेता खड्काका छोरा अनुराग प्रिया स्मृती गजमेर साउन १८, २०७७ गते १९:१७ मा प्रकाशित दाङ – नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री स्वर्गीय खुम बहादुर खड्काका सुपुत्र अनुराग खड्काले स्वास्थ्य सामाग्री लिएर दाङ आईपुगेका छन् । देशैभर कोरोनाले आम जनमानसमा सन्त्रास फैलाईरहेका बेला उक्त महामारीबाट जनतालाई सुरक्षित राख्नका लागि ति सामाग्री लिएर काठमाण्डौ देखि आफ्नो गृह जिल्ला दाङ आएको अनुरागले बताए ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई बाडिने भएको छ । फ्रन्टलईनामा रहेर जनताको सेवाका लागि खटिने भएकोले ति स्वास्थ्य सामाग्री सबै भन्दा पहिले उनीहरुलाई बाडिने भएको हो । अन्य समुदाय स्तरमा बस्नेलाई सुरक्षित रहन पनि अनुरागले आग्रह गरेका छन् ।अनुरागले एक हजार आठ सय पिस स्यानिटाइजर, एक हजार एक सय थान सर्जिकल मास्क, विश्व स्वास्थ्य सङठनद्वारा मान्यता प्राप्त लायन्स क्लबको लोगो भएको २८ थान पिपि ( सम्भु प्रसाद घिमिरे द्वारा सहयोग ) हात धुने साबुन ९ सय पिस, फेस सिल १ सय पिस ज्वरो नाप्ने थर्मल गन २१ पिस साथमा लिएर आएका छन् । थर्मल गण र पीपी सेट मानिसको अत्याधिक भिडभाड हुने वडा कार्यालय, स्वास्थ्य कार्यालयमा प्रदान गरिने भएको छ ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा, नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री एन पि साउदकी श्रीमती जोत्सना साउद र नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत लगायतको सहयोगमा ति स्वास्थ्य सामाग्री उपलब्ध भएको स्वर्गीय नेता खड्काका सुपुत्र अनुरागले बताए ।केहि समय अघि नै दाङ्ग आउने मनसाय भएपनि लक्डाउनका कारण आउन नसकेको बताउदै अनुरागले जिल्लावासीको सहयोगका लागि सधै तत्पर भएको बताए । बुवाको निधन भए पनि उहाँले देखाएको र सिकाएको पथलाई आत्मसाथ गर्दै अघि बढ्नेछु अनुरागले भने । हिमाल पहाड तराई कोइ छैन पराई भन्ने भनाईलाई पछ्याउदै सबै जनता आफ्नो लागि अत्यन्तै आवश्यक भएको उनको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप