गृहपृष्ठ ∕ समाचार ∕ अर्थमन्त्री डा. खतिवडाको पदावधी भदौं २० मा सकिदै, को बन्ला नयाँ अर्थमन्त्री ? अर्थमन्त्री डा. खतिवडाको पदावधी भदौं २० मा सकिदै, को बन्ला नयाँ अर्थमन्त्री ? दीप संञ्चार साउन १७, २०७७ गते २०:५० मा प्रकाशित काठमाडौं – गत फागुन २१ गते अर्थमन्त्रीमा नियुक्त भई शपथ खाएका पूर्व सांसद डा. युवराज खतिवडाले पछिल्लो आठ महिनादेखि दुई वटा मन्त्रालय सम्हाल्दै आएका छन् । यथास्थितिमा उनको पद आगामी भदौं २० गतेसम्म मात्रै कायम रहनेछ । नेपालको संविधान २०७२ मा सांसद नभएको व्यक्ति छ महिना भन्दाबढि समय मन्त्री पदमा बहाल रहन नसक्ने व्यवस्था छ ।अर्थमन्त्री यतिबेला पूर्व सांसद मात्रै हुन् । उनको पदावधी गत माघमा सकिएर निर्वाचनमार्फत नयाँ नियुक्त भइसकेका छन् । डा. खतिवडा मन्त्री बनेको आगामी भदौं २० गते छ महिना पुग्दैछ । डा. खतिवडा यथास्थितिमा भदौं २० गतेभन्दा पछाडि मन्त्री पदमा बहाल रहन नसक्ने अधिवक्ता धनञ्जय खनाल बताउँछन् ।२०७४ साल फागुन २१ गते राष्ट्रिय सभाको पहिलो बैठकबाट दुई वर्षे कार्यकाल गणना हुँदा गत वर्षको फागुन २० गतेभित्रमा पुनः राष्ट्रिय सभाको सदस्यमा सिफारिस नहुँदा सोही दिन राजिनामा गरेर भोलिपल्ट पुनः मन्त्री पदमा नियुक्त भएका थिए । त्यसयता प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेर पनि डा. खतिवडालाई राष्ट्रिय सभामा लैजान सकेका छैनन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट सिफारिस गराई राष्ट्रिय सभामा लैजान नसकेमा डा. खतिवडाको मन्त्री पद भदौं २० गतेबाट अन्त्य हुनेछ ।नेकपाभित्र चर्को विवादका कारण तत्काल राष्ट्रिय सभाको रिक्त एक सदस्य पदमा सिफारिस हुन सक्छ वा सक्दैन अन्योलता कायमै छ । पार्टीभित्रको चर्को विवादका कारण पार्टी नै विभाजन हुने हो कि भन्ने जोखिमका बीचमा नेकपा (नेकपा) गुज्रिरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई मन्त्री बनाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न अस्पतालमा जानुअघि अस्पतालकै शैय्याबाट निर्णय गरेकाले पनि प्रम ओलीले डा. खतिवडालाई राष्ट्रिय सभाको बाँकी कार्यकालको लागि सांसद बनाउन सक्ने समेत देखिएको छ । यद्यपि नेकपाभित्रको विवाद समाधान सहमतिबाट अगाडि बढ्को अवस्थामा भागबण्डामा डा. खतिवडा आउट हुनसक्ने सम्भावना बलियो छ । नेकपाभित्र डलर कमाएर आएका डा. खतिवडालाई जिम्मेवारी दिएको भन्दै प्रम ओलीले आलोचना खेप्दै आएका छन् ।डा. खतिवडा अर्थमन्त्रालयबाट हटेर नयाँ अर्थमन्त्रको आगमन भएमा नेपालको विद्यमान अर्थतन्त्रको कोर्स केही बदलिने विश्लेषकहरुको भनाई छ । अर्थमन्त्र फेरिएनन् भने पनि दुई वर्ष अघिदेखि लागू गर्दै आएका आर्थिक पद्धति थप संस्थागत हुने हुँदा अर्थतन्त्रले एउटा आकार लिने छ । समग्रमा भदौं २० नेपाली अर्थतन्त्रका लागि एउटा टनिङ प्वाईन्ट बन्ने कुरामा भने दुईमत छैन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप