गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली ब्याडिन्टन खेलाडी सानिया चन्दलाई एयर ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक नेपाली ब्याडिन्टन खेलाडी सानिया चन्दलाई एयर ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक सुर्य बहादुर खवास साउन १६, २०७७ गते २१:५९ मा प्रकाशित युएई – युएईमा जारी “प्रथम खुल्ला एयर ब्याडमिन्टन प्रतियोगिता २०२०” मा सानिया चन्दले महिला एकल तर्फ स्वर्ण पदक जितेकी छन । गत २४ जुलाईबाट शुरु भएको “प्रथम खुल्ला एयर ब्याडमिन्टन प्रतियोगिता २०२०” मा सानियालाई यो सफलता मिलेको हो ।बिहीबार राति काइट बिच दुवईमा भएको फाइनल खेलमा सानियाले आफ्नो प्रतिद्वन्द्वी भारतीय खेलाडी सन्धरा सतिसन् लाई ७-१५, १५-११, र १५-८ को सेट मा सहज जित निकाल्न सफल भएकी थिईन ।सानिया दुवई स्पोर्ट्स काउन्सिलद्वारा आयोजित एयर ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् । मिक्स डबल्र्समा समेत फाइनलमा प्रवेश गरेको तर अस्वस्थका कारण उपाधि गुमाउने हो कि भन्ने चिन्ता रहेको उनका प्रशिक्षक तथा उनकै काका हिक्मत चन्दले जानकारी गराए । प्रतियोगितमा पुरुष एकल, पुरुष डबल्र्स, महिला एकल र मिक्स डबल्र्सका खेलहरु समावेश गरिएको थियो ।कञ्चनपुर महेन्द्रनगर स्थाई बसोबास भएकि सानिया पछिल्लो समय परिवार सँगै युएईमा बस्तै आएकी छन ।गत वर्ष आयोजना भएको दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा सानियाले नेपाली युवा स्टार प्रिन्स दाहालसँग मिलेर मिक्स डबल्समा प्रतिस्पर्धा गर्दै कास्य पदक जितेकी थिइन् ।विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले २०१९ बाट एयर ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न थालेको हो भने युएईमा पहिलोपटक भएको हो । खुल्ला ठाउमा खेलिने यो खेल नेपालमा भने भित्रिसकेको छैन ।यस प्रतियोगितामा नेपाली ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले अम्पायरिङ गरेकी थिइन् ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप