गृहपृष्ठ ∕ समाचार ∕ निरज शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा निरज शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा दीप संञ्चार साउन १२, २०७७ गते २२:४० मा प्रकाशित काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्धय निरज बहादुर शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३२ असारमा गृह मन्त्रालयले रिक्त दुई पदका लागि शाही र कार्कीको नाम सिफारिस गरेको थियो ।हाल शाहीले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए भने कार्कीले विशेष ब्युरोको नेतृत्व गरिरहेका थिए । शाही र कार्की अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।यस्तै, सोमबार बसेको मन्त्रीपरिषद बैठकले रेडियो नेपालको महाप्रबन्धकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा समेत गरेको छ ।यता राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् भने उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल