गृहपृष्ठ ∕ समाचार ∕ धनुषामा कोरोनाबाट एक पुरुषको मृत्यु धनुषामा कोरोनाबाट एक पुरुषको मृत्यु दीप संञ्चार साउन ११, २०७७ गते २१:५० मा प्रकाशित जनकपुर – कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।धनुषा जिल्लाको सहिदनगर नगरपालिकास्थित डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।केही दिन देखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिवार प्रादेशिक अस्पतालमा ल्याइएको अस्पतालले जनाए । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।संक्रमित कुनै प्रकारको दिर्घ रोगी नरहेको डा. सिंहले स्पष्ट पारे । संक्रमितलाई प्रादेशिक अस्पतालको जेनरल अस्पतालमा आएका थिए । संक्रमित जेनरल आइसीयुमा रहेकोले मृत्यु भएपछि अस्पतालमा आकस्मिक बैठक बसेको डा. सिंहले बताए ।प्रदेश नम्बर २ मा अहिलेसम्म एक दर्जनको मृत्यु भइसकेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ