गृहपृष्ठ ∕ समाचार ∕ पक्कि घर बन्ने भएपछी रिमाको खुशीले सिमा नाघ्यो पक्कि घर बन्ने भएपछी रिमाको खुशीले सिमा नाघ्यो प्रिया स्मृती गजमेर साउन ५, २०७७ गते १४:२७ मा प्रकाशित दाङ – लमही नगरपालिका वडा नम्बर पांच निवासी रिमा नेपाली पक्कि घर बन्ने भएपछी खुशी बनेकी छन्। सानो घर, बर्खा लाग्दा भत्किन्छ कि भन्ने डर थ्यो रिमा नेपालीलाई, अब पक्कि घर बन्ने भएपछी उनीमा खुसीको कुनै सिमा नै छैन ।यसै बीच जनता आवास कार्यक्रम मार्फत सोमबार लमही नगरपालिका वडा नम्बर ५ निवासी रिमा नेपालीको घरको शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको शिलान्यास गरेका हुन् ।प्रदेश सभा सदस्य शर्मा, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपाली, सहरी विकास तथा भवन कार्यालय दाङका प्रतिनिधि सत्यदेव यादव, वडा सदस्य जगनारायण चौधरी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, रतनकुमार केसी लगायतको उपस्थितमा घरको शिलान्यास गरिएको हो ।प्रदेश सभा सदस्य रेवतीरमण शर्माको निर्वाचन क्षेत्र दाङ १ (ख) मा ४४ ओटा घर जनता आवास कार्यक्रम मार्फत बनाउन थालिएको छ । जिल्ला भरमा २ सय ६७ घर बनाउन थालिएको सहरी विकास तथा भवन कार्यालयका प्रमुख अनन्तकुमार देवले जानकारी दिए ।विपन्न दलित, धार्मिक अल्पसंख्यक मुस्किल, लोपन्मुख जातिलाई पक्की घर बनाउने कार्यक्रम भएको र एउटा घर बनाउन ३ लाख ३६ हजार रुपैयाँ सरकारले बजेट उपलब्ध गराउने छ । दाङमा जनता आवासको घर बनाउन आर्थिक बर्ष २०७६÷०७७ मा ८ करोड ९७ लाख १२ हजार बजेटबाट घर बनाउन थालिएको होक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप