गृहपृष्ठ ∕ समाचार ∕ त्रिविका सबै तहका स्थगित परीक्षाहरु असोज महिना भित्रै हुने , कस्तो छ त परीक्षा विधि ?? त्रिविका सबै तहका स्थगित परीक्षाहरु असोज महिना भित्रै हुने , कस्तो छ त परीक्षा विधि ?? खगेन्द्र खड्का साउन २, २०७७ गते ९:५७ मा प्रकाशित काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका स्थगित परीक्षाहरु असोज महिना भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण स्थगित परीक्षाहरु विश्वविद्यालयले सम्पन्न गर्न लागेको हो ।गत चैत्र ७ गते देखि विश्वविद्यालयले स्थगित गरेका सबै तहका परीक्षाहरु दशैं अघि सञ्चालन गर्ने गरी परीक्षा कार्यतालिका तयार भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाएका छन । यस अघि अनुदान आयोगले उच्च शिक्षाको परीक्षाको लागि विभिन्न प्रकारका विधिहरु ल्याएपनि त्रिविले अरु विकल्प त्यति सान्दर्भिक नभएकाले अनलाइन परीक्षा या भौतिक उपस्थितिमा मात्रै परीक्षा सम्पन्न गर्न सम्भव हुने कुरा जानकारी दिएको थियो ।कोरोना भाइरस (कोभिड १९)को त्रासलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउनु पर्ने भएकाले विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन हुने तथा यसका लागि परीक्षा केन्द्र थप गरिने जसले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउनका साथै परीक्षा सञ्चालन गर्न सहज वातावरण हुने कुरा विश्वविद्यालयले जनाएको छ।बिस्तारै जनजीवन सामान्य भए पश्चात आफ्नो घर गएका थुप्रै विद्यार्थीहरू आफू पढ्ने सहरमा फर्किउन भन्ने हेतुले जाँचको समय अलि लम्ब्याएको अड्कल लाउन सकिन्छ । ढिलै भएनी जाँच हुने नहुने अन्यौलतालाई चिर्दै आज त्रिविले सूचना दिएकोमा सबै विद्यार्थी हरुमा खुसियाली छाएको छ ।परीक्षा कार्यतालिका सम्बन्धी औपचारिक सूचना भने श्रावण ७ गते पछि मात्र सार्वजनिक गर्ने कुरा जोशीले बताए। – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल