गृहपृष्ठ ∕ समाचार ∕ नेपाली व्यवसायी संघ द्वारा स्वदेश फिर्ताहुने पीडित नेपालीलाई हवाई टिकट सहयोग गर्ने नेपाली व्यवसायी संघ द्वारा स्वदेश फिर्ताहुने पीडित नेपालीलाई हवाई टिकट सहयोग गर्ने दीप संञ्चार साउन २, २०७७ गते २:२० मा प्रकाशित दोहा – कोरोना कहर र यसबाट प्रभावित भई समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न कतार स्थित नेपाली व्यवसायी संघ कतारले स्वदेश फिर्तीको लागि २० वटा हवाई टिकट कतार स्थित राजदूतावासको रोहवरमा उपलब्ध गराउने भएको छ।रोजगार गुमाई विषम परिस्थितिमा शृजना भएका, उच्च मानशिक तनाव व्यहोर्नु परेका, कोभिड १९ बाहेक अन्य विरामी भएका तर हवाई उडानको लागि अनुमति पाएका (फिट टू फ्लाईट) तर हवाई टिकट व्यवस्था गर्न नसक्ने वास्तविक पिडित छानविन गरि कतार स्थित नेपाली नियोगले प्रमाणित गरेको कामदारलाई मात्र उक्त टिकट उपलब्ध गराउने संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताएका छन्।कतारमा रहेका वास्तविक पीडितहरूले दूतावासमा सम्पर्क(ईमेल, फोन वा ह्वाट्सएप मार्फत) गरी निवेदन पेश गर्नु पर्ने र उक्त निवेदनका आधारमा एक विशेष समितिले छानविन गर्ने चौलागाईंले बताए। दीप संचार मिडिया संग कुरा गर्दै चौलागाईंले भने, “हामी सबैले आ-आफ्नो क्षेत्रबाट उद्धारको लागि प्रयास गर्न जरूरी छ। वास्तविक पिडितलाई उद्धार गर्ने कुनै सरकारी योजना देखिएको छैन तर हामीले नियोगलाई पनि केहि टिकट उपलब्ध गराउँन अनुरोध गरेका छौं ।”उनले थपे, “हामीले उपलब्ध गराउँने टिकट वास्तविक पिडितले पायो वा पाएन भन्ने मूल्यांकन गरेर मात्र टिकट जारी गर्नेछौं। हामीले संस्थागत पत्र दूतावासलाई उपलब्ध गराई २० जनाको लागि टिकट हामीले जारी गर्ने जानकारी गरिसकेका छौं।”कतार बाट अहिले सम्म २४ सय नेपाली स्वदेश फिर्ता भई सकेका छन् भने अझै फिर्ता हुने क्रम जारी नै छ। नेपाल सरकारले वास्तविक पिडितको लागि कुनै योजना ल्याउन सकेको छैन भने टिकट काट्न सक्नेहरूलाई समेत समयमा उद्धार गर्न सकेको छैन।नेपालीहरूको व्यवसायलाई प्रवर्धन गर्ने, अनुशासित र मर्यादित गर्ने तथा नेपाली व्यवसायीहरूलाई एकताको सुत्रमा बाँध्ने उदेश्यले शुरु भएको संघले विगत ३ वर्ष देखि सामाजिक कार्यमा निकै सक्रियता देखाउँदै आएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप