गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री ढकाल भन्छन, “स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु “ स्वास्थ्यमन्त्री ढकाल भन्छन, “स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु “ रासस असार २९, २०७७ गते २१:३१ मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचना सहित नमूना बनाउने बताएका छन् । मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा आज मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताए ।मन्त्री ढकालले हाल मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताउँदै नमूना बनाएर सबैले असल मनसायले काम गर्नुपर्ने जनाए । उनले भने “स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड–१९ ले केही असहजता सिर्जना गरेको भए पनि आफूले स्वास्थ्य मन्त्रालय नमूना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्नेछु ।”मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै सङ्घसंस्थाले पनि सकारात्मक साथ दिनुपर्ने जनाउँदै मन्त्री ढकालले भने, “परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन्, बाहिर पनि छन् तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।”उनले पीसीआरको दायरा नघटाइएको भन्दै अहिले २५ ल्याबबाट दैनिक १० हजारको नमूना परीक्षण गर्नसक्ने गरी क्षमतावृद्धि गरिएको बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल