गृहपृष्ठ ∕ समाचार ∕ नगरपालिकाले गर्यो ९ जना किसानलाई सम्मान नगरपालिकाले गर्यो ९ जना किसानलाई सम्मान प्रिया स्मृती गजमेर असार २९, २०७७ गते २०:५० मा प्रकाशित दाङ – लमही नगरपालिकाले नगर भित्रका ९ जना किसानलाई सम्मान गरेको छ । उत्कृष्ट व्यवसायी पशुपंछी पालक किसानलाई सम्मान गरिएको लमही नगरपालिका पशु उप-शाखाका प्रमुख शिबराज न्यौपानेले जानकारी दिए ।उत्कृष्ट किसानलाई उर्जा, उत्प्रेणा र छिमेकीहरुले कृषि पेशा अझै गरु-गरु भन्ने भावना जगाउनको लागि मात्रै नभई लमही नगरपालिकालाई समृद्ध बनाउको लागि यस अभियानमा लागेको नगरप्रमुख के.सी.ले बताए । यस्तै कार्यक्रममा उप-प्रमुख देबका बेल्वासेले आगामी दिनहरुमा कृषि पेशालाई प्रभावकारी बनाउनको लागि किसानहरुलाई हौसला प्रदान गर्ने उदेश्यले उत्कृष्ट व्यवसायी पशुपंछी पालक किसानलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको बताईन ।कार्यक्रममा स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्मका धनश्याम सुवेदी, रेडियो हाइवेका प्रबन्धक निर्देशक केपि घिमिरे लगायतले मन्तब्य राखेका थिए । लमही नगरपालिकाका प्रबक्ता बिम बहादुर के.सी.को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लमही नगरपालिका पशु उप-शाखाका प्रमुख शिवराज न्यौपानेले गरेका थिए ।नगरपालिका भित्र रहेर ब्यवसाय गरिरहेका स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्म, ओम पोल्टी फार्म, पुन बंगुर फार्म, प्रभास कृषि तथा पशुपंछी फार्म, केदार बाबा कृषि बाख्रा फार्म, किसान पशुपंछी फार्म, बुद्व बहुउद्देश्यीय गाई फार्म, कमला पशुपंछी फार्म, किसान जंग्गु चौधरीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।सम्मानित व्यक्तीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित पानस प्रदान गरिएको थियो । कार्यक्रम लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा भएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप