गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ टर्कीबाट २३ जना नेपाली आज शनिवार स्वदेश फर्किए टर्कीबाट २३ जना नेपाली आज शनिवार स्वदेश फर्किए दिनेश गौतम असार २७, २०७७ गते २०:५५ मा प्रकाशित युरोप – कोरोना भाईरसबाट प्रभावित प्रवासी नेपालीहरुलाई घरफिर्ति अन्तरगत २३ जना नेपालीहरु स्वदेश फर्किएका छन । जुलाई ११ तारिखका दिन यहा रहेका केही सक्रिय नेपालीहरुको अगुवाईमा ५ जना महिला र १८ जना पुरुष यसमध्ये २ जना विरामीहरुलाई लिएर टर्किस् विमानले उडान गरिएको हो ।६५७ डलर यानिकी ८१००० हजारमा टिकेट किनेर नेपालीहरु स्वदेश फर्किएका हुन । स्वदेश फर्किएकाहरुको कोरोना भाईरस पिसिआर परिक्षणको ब्यवस्था डा. विनोद शाहले मिलाएका थिए भने टर्कीबाट नेपालीहरुलाई उद्दार गर्नका लागि टर्कीस नेपाली समाजका अध्यक्ष उज्वल कुमार घिसिगं , वामन भोटे लगाएका समाजसेबीहरु निरन्तर लागेका थिए ।टर्किसमा लगभग ७ हजार नेपालीहरु बसोबास गर्छन जसमध्ये ५० प्रतिशत गैरकानुनी रुपमा बसोबास गर्छन भने बाकी नेपालीहरु लिगल भएपनि लकडाउनले गर्दा काम नपाएर भौतारिएको नाम नबताउने सर्तमा एक नेपालीले जानकारी दिए । टर्कीमा अहिले सम्म बैधानिक रुपमा कुनै पनि नेपाली समुदायका समाजिक सघंसस्थाहरु छैनन् ।कुनै पनि नेपालीहरुलाई केही समास्या पर्यो भने केही सुनुवाई गर्दैन कन्सुलेट नामको मात्रै छ बाकी यहा रहेका नेपालीहरु प्रायः धेरै समस्यामा रहेको राम कार्की नाम परिवर्तनले जानकारी दिनु भयो । उहाका अनुसार आफुहरु पटक पटक नेपाल सरकारको सबै निकायमा यो देशमा रहेको समस्याका बारेमा अवगत गराएपनि कुनै सुनुवाई नगरेको अरोप लगाए ।कार्कीका अनुसार यहा रहेका नेपालीहरुलाई खान बस्न धेरै समस्या रहेको बताउदै नेपाल सरकारले कि त बैधानिक रुपमै कन्सुलेट वा अन्य कुनै सरकारी निकाय टर्कीमा पठाउनु पर्ने कि त यहा आउने नेपालीहरुलाई बन्द गर्नु पर्ने माग गरे ।क्याटेगोरी : समाचार, यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल