गृहपृष्ठ ∕ समाचार ∕ लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस दीप संञ्चार असार २७, २०७७ गते ९:३९ मा प्रकाशित काठमाडौँ – लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।आयोगले यही असार १८ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका १० जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।आयोगको विज्ञापन नम्बर १६६५५/०७६–०७७(खुल्ला) तर्फ माग गरिएको पाँच जनामा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ८ जनामध्ये रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनौट भएका छन् भने विज्ञापन नम्बर १६६५८ मधेसीतर्फ अन्तर्वार्ताका लागि छनौट भएका ५ जना उम्मेदवारमध्ये इन्द्रदेव यादव र रामकुमार महतो छनौट भएका छन् ।त्यसैगरी आयोगको विज्ञापन नम्बर १६६५६ महिला तर्फ अन्तर्वार्ताका लागि छनौट भएका ६ जना उम्मेदवारमध्ये उपस्थित ४ जना उम्मेदवारहरूको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा अनिता निरौला र स्किम श्रेष्ठ उत्तीर्ण भएका छन् ।आयोगको विज्ञापन नम्बर १६६५७ आदिवासी जनजातितर्फ अन्तर्वार्ताका लागि छ जना छनौट भएकोमा उपस्थित ५ जनामध्ये हेमराज तामाङ उत्तीर्ण हुन सफल भएको आयोगले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल