गृहपृष्ठ ∕ समाचार ∕ गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखि” सार्बजनिक गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखि” सार्बजनिक प्रिया स्मृती गजमेर असार २६, २०७७ गते १६:१८ मा प्रकाशित दाङ – हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज शुरु भए सङ्गै तिज गित पनि बजारमा आउन शुरु भैसकेका छन् । नाम चलेका कलाकारहरू यति बेला निकै व्यस्त छन् । विश्व पुरै कोरोना भाइरसका कारण अस्तव्यस्त छ, तर कलाकारहरुले स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि विभिन्न गितहरू स्रोता सामु पुर्याई रहेका छन् ।पछिल्लो समयमा गित सङ्गितमा पनि बिकृती र बिसङती बढ्दै गैरहेका बेला लोक दोहोरी गायिका मैना रेश्मी मगरले नेपाली समाजमा घट्ने वास्तविक घटनाक्रमलाई जस्ताको त्यस्तै उतारी तिज गित बनाएर दर्शक र स्रोता माझ लिएर आएकी छन् ।मैना रेश्मीको तीज गीत ‘निस्की मेरो घर देखी’ यहि बुधबार मात्र सार्वजनिक भएको हो । “मैना बहिनिले निकै मेहनत गरेर यो गित बजारमा ल्याउनु भएको छ, अन्य गित जस्तै यो गितलाई पनि हाम्रा दर्शक स्रोताले मन पराई दिनु हुनेछ, माया गरिदिनु हुनेछ भन्ने मेरो पनि आशा छ” गायक चन्द्र शर्माले भने । लोक तथा दोहोरी गायिका मैनाले गित सङ्गितमा नाम चलेका चन्द्र शर्मा, पुश्कल शर्मा, खेम सेन्चुरी, नेत्र अर्याल, दुर्गेस थापा लगायतका कलाकार सङ्ग काम गरिसकेकी छन् ।गायन क्षेत्रमा मात्र नभई अभिनयमा पनि उनी सङ्ग अब्बल कला छन्। निस्की मेरो घर देखि बोलको गीतमा मैना रेश्मी मगरका साथै बहु चर्चित दोहोरी गायक चन्द्र शर्मा, सर्जक खेम सेन्चुरी, सुनिता परियारको स्वर रहेको छ । गीतमा नेत्र अर्यालको शब्द छ भने लय खेम सेन्चुरीको रहेको छ । त्यसैगरी मैना रेश्मि मगर र खेम सेञ्चुरी लगायतको अभिनय रहेको छ । गीतलाई गायिका मैना रेश्मी मगरको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल