गृहपृष्ठ ∕ समाचार ∕ नेफिन आईसीसी गठन हुने नेफिन आईसीसी गठन हुने बिकास भुजेल असार २५, २०७७ गते २०:५२ मा प्रकाशित दोहा – नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो ।बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त समितिको सहसंयोजकद्वय किसन राई–हङकङ र खुसी लिम्बू–बेलायत रहेका छन् । समितिको सदस्य सचिव कतारका शिव भुजेल रहेका छन् । युगेल तेन्डुप शेर्पा–दक्षिण कोरिया, रश्मी थापामगर–क्यानडा, मणी थेवे–अस्ट्रिया, हेम गुरुङ–पोर्चुगल, विनोद पोमो–अमेरिका, कुमार बलामी–यूएई र सुदर्शन थापामगर–अस्ट्रेलिया समितिमा सदस्य रहेका छन् ।गत वर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रमा महासंघको विधान संशोधन गरी अन्तर्राष्ट्रिय सञ्जाल बनाइने समेटिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार उक्त सञ्जाल बनाउँन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको थियो ।सम्मेलनकै अवसरमा विभिन्न देशका महासंघका प्रतिनिधिहरुको बैठकलेसमेत छ महिनाभित्र विधान संशोधन नभए अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन गर्न सक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमा भएका निर्णय समीक्षा गर्न आयोजित जुम बैठकमा १३ देशका महासंघका अध्यक्षसहित २५ जनाको सहभागिता रहेको थियो ।बैठकको संयोजन महासंघ बेलायतका महासचिव खुसी लिम्बूले गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ