गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकमा भीषण वर्षा र बाढी, घाइतेको हेलिकप्टरबाट उद्धार सिन्धुपाल्चोकमा भीषण वर्षा र बाढी, घाइतेको हेलिकप्टरबाट उद्धार दीप संञ्चार असार २५, २०७७ गते १५:१८ मा प्रकाशित काठमाडौं – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा गएराति गएको पहिरोमा परी घाइते भएका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।सविना बस्नेत र सुवेश वाइवा तामाङको उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइसकिएको छ। अर्का एक घाइते बुटीमाया तामाङलाई अहिले उद्धार गरी ह्याम्स अस्पताल ल्याइँदैछ। घटनास्थल पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले तीन जना घाइतेको उद्धार हेलिकप्टरबाट गरिएको बताए।घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका आन्तरिक मामिला, पर्यटन र कानूनमन्त्रीसहित नेकपा नेताहरू र कांग्रेस नेता विष्णु खत्री हेलिकप्टर चढेर पुगेका हुन्। बाढीपहिरोले सडकमार्ग भत्किएपछि उनीहरूले लिएर गएको हेलिकप्टरमै घाइतेको उद्धार गरिएको हो।‘दुई जना घाइतेको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ,’ सापकोटाले भने, ‘थप एक जना घाइते लिएर हामी काठमाडौं आउँदैछौं।’ जम्बुमा बाढीपहिरोले अझै १७ जना सम्पर्कविहीन रहेको उनले बताए। ‘हराइरहेकाहरूको खोजी कार्य जारी छ,’ उनले भने।घाइतेलाई कैलाश एयरलाइन्सको हेलिकप्टरबाट उद्धार गरिएको हो। पहिरोमा परी अहिलेसम्म दुई जनाको शव भेटिएको छ। २० वर्षीय निकेश बस्नेत र उनकी करिब डेढ वर्षीया छोरी मीनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोले जम्बुमा ११ घर बगाएको छ। बेपत्ताहरूको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ। क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न