गृहपृष्ठ ∕ समाचार ∕ गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित दीप संञ्चार असार २०, २०७७ गते ७:५७ मा प्रकाशित बागलुङ – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद तथा लोकान्तर सहकर्मी थम्मन थापा सम्मानित भएका छन् । २०७४ सालमा गलकोट नगरपालिकाले स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार २०७७ बाट सातौं नगर सभामा पत्रकार थापा सम्मानित भएका हुन् ।वि.सं २०६५ साल देखि बागलुङको गलकोट बाट पत्रकारितामा कलम चलाउँदै आइरहेका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुराएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । नगरपालिकाले नगर सभाको अवसरमा प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई नगद रु २० हजार र सम्मान पत्र सहित सम्मान गर्दै आइरहेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् ।पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन गर्दै जिम्मेवारी बन्न प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको गलकोट नगरपालिकाले जनाएको छ । पत्रकार थापाले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका छन् । थापाले विभिन्न सञ्चार माध्यममा बागलुङ बाट रिपोर्टिङ गर्दै आइरहेका छन् ।गलकोट नगरपालिकाले गर्ने हरेक क्रियाकलापहरू सञ्चार माध्यम मार्फत आम जनसमुदायला खबर प्रदान गरी अतुलनिय भूमिका निर्वाह गर्ने १ जना पत्रकारलाई सम्मान गर्ने उद्देश्यले गलकोट नगरपालिकाले घुम्टे पत्रकारिता पुरस्कार स्थापना गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । गलकोट नगरपालिका वडा नं २ नरेठाटीको सभा हलमा आयोजित सातौं नगर सभा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पास गर्दै सम्पन्न भएको छ ।नगर सभामा गलकोट नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सञ्चारकर्मीहरु, कर्मचारीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति