गृहपृष्ठ ∕ समाचार ∕ जुलाई ८ मा नेपाली लिन हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै ( यस्तो छ उडान तालिका ) जुलाई ८ मा नेपाली लिन हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै ( यस्तो छ उडान तालिका ) दीप संञ्चार असार १९, २०७७ गते २१:०९ मा प्रकाशित काठमाडौं – चीनको थेयनचिनमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज जुलाई ८मा त्यसतर्फ जाने भएको छ । कोभिड–१९ का कारण चीनको थेयनचिनमा रहेका नेपालीहरुलाई ल्याउन जुलाई ८मा काठमाडौंबाट जहाज उड्ने भएको हो । र, उक्त जहाजले जुलाई ९ मा थेयनचिनबाट नेपाली लिएर स्वदेश फर्कने छ ।हिमालय एयरको एच९–७६०१ को जहाज जुलाई ८मा ११ः५० बजे काठमाडौंबाट उडी जुलाई ९ को बिहान ८ः५०मा थेयनचिन अवतरण गर्ने छ । सोही दिन चीनको ८ः५०मा नेपाली लिएर उडेको जहाज १२ः३० बजे काठमाडौं अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।एयरलाइन्सले थेयनचिन देखि काठमाडौंसम्मको भाडादर भने ६ सय ९९ अमेरिकी डलर तोकेको छ । उक्त उडानमा नेपाल फर्कन चाहनेले टिकटको लागि बिहान १० बजेदेखि ५ बजेसम्म एयरलाइन्सले तोकेको स्थान र व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन ।विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।एयरलाइन्सको उडान तालिका :क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल