गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईले दूतावास मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझायो अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईले दूतावास मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझायो सुर्य बहादुर खवास असार १७, २०७७ गते २१:३० मा प्रकाशित यूएई – काेराेना भाईरस माहामारी सँगसँगै विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपालीहरूका लागि संचालन गरेको चार्टड उडानहरू पर्याप्त नभएकाे भन्दै अन्तराष्ट्रिय उडानहरू खुल्ला गर्न नेपाली समाज युएईले युएईका लागि नेपाली दूतावास मार्फत हिजो सोमबार नेपाल सरकारको ध्यानाकर्षण गराउदै अन्तरास्ट्रिय उडान खुल्ला गर्न अनुरोध पत्र बुझाएको छ ।नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल तथा महासचिव वेद प्रसाद अर्याल द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल यूएईमा २ लाख ७५ हजारकाे हाराहारीमा नेपालीहरू रहेकाे भनिएपनि पर्यटक लगायतका भिसामा आएका करिव ४ लाख जति नेपाली यूएईमा रहेकाे पत्रमा उल्लेख गरिएको छ ।वैदेशिक रोजगार, व्यवसाय तथा अध्ययनका शिलशिलामा वार्षिक रुपमा करिब १ लाख २५ हजार नेपाली युएई आउन गरेको देखिन्छ । यसैगरी समग्रमा हेर्दा वैदेशिक रोजगारिमा आउने अधिकांश नेपालिहरुको बसाईको अनुपात र कम्पनीको करार अवधी २ वर्षको हुने हुँदा उल्लेख गरिएको तथ्यांकलाई हेर्दा करिब १५ हजार नेपालीहरु मासिक रुपमा आफ्नो करार अवधी सकाएर स्वदेस फर्कने पत्रमा उल्लेख गरिएको छ ।कोभिड १९ को कारणले युएईमा रोजागर गुमाउने नेपालिहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ । तसर्थ अहिलेको अवस्थामा सरकार द्वारा निर्धारण गरिएका चार्टर उडान प्रयाप्त नभएको र तोकिएका चार्टर उडानले स्वदेश फर्कनेहरुको दीर्घकालीन समाधान नहुने भएको हुँदा व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुल्ला गरि सहज रुपमा स्वदेश फर्कने वातावरण बनाउन सरकार सँग अनुरोध गरिएको छ ।नेपाली समाज युएई सन १९९० देखि निरन्तर रुपमा नेपालिहरुको हक हितमा कार्य गर्दै आएको संस्था हो । हाल यो संस्थामा युएईमा कृयाशिल ४४ वटा संस्था आवद्ध रहेका छन । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट