गृहपृष्ठ ∕ समाचार ∕ बेलायतबाट कोरोनाका कारण रोकिएका नेपाली दोश्रो चरणमा ८३ जना स्वदेश फर्किए बेलायतबाट कोरोनाका कारण रोकिएका नेपाली दोश्रो चरणमा ८३ जना स्वदेश फर्किए दीप संञ्चार असार १२, २०७७ गते २२:२१ मा प्रकाशित लण्डन – विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु आज दोस्रोपटक चार्टर फ्लाइटबाट नेपालका लागि उडेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब ८३ जना नेपालीहरु बेलायतको ग्याटवीक एअरपोर्टबाट शुक्रबार दिउँसो नेपालका लागि उडेका हुन् ।नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एयरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा यसअघि पनि १ सय ४६ जना नेपालीहरुलाई स्वदेश फ़र्काइसकिएको छ ।करिब ५ सय जना नेपालीहरुले स्वदेश फर्किन आवेदन दिएको भएपनि प्लेन भाडा महँगो भएका कारण धेरैले मनस्थिति परिवर्तन गरेको गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । नेपाल फर्कनेहरुको विदाइका लागि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, तृतिय सचिव तेजेन्द्र रेग्मी, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, जजिरा एयरवेजका लागि नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेन लगायत बेलायतस्थित सामाजिक संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए ।दुईवटा फ्लाइटबाट २ सय २९ जना नेपालीलाई नेपाल पठाउन सफल भएकोमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले खुसी व्यक्त गरेका छन् ।उनीहरु शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप