गृहपृष्ठ ∕ समाचार ∕ बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु दीप संञ्चार असार १२, २०७७ गते ८:५९ मा प्रकाशित एजेन्सी – भारतको बिहार राज्यमा चट्याङ लागेर आज एकैदिन ८३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ ।त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको जनाइएको छ ।बिहारका करिब २३ जिल्लामा परेको चट्याङबाट ठुलो जनधनको क्षति भएको बीबीसीले जनाएको छ । चट्याङका कारण मृत्युवरण गरेका मृतकका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पूर्व उपमुख्यमन्त्री तथा वर्तमान विपक्षी दलका नेता तेजस्वी यादवले घटनाप्रति दुःख प्रकट गरेका छन् ।बिहार बाहेक उत्तर प्रदेशमा पनि चट्याङ लागेर केही व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यहाँको देवरियामा चट्याङ लागेर ५ जनाको मृत्यु भएको भने थुप्रै घाइते भएका छन् ।मौसम विज्ञान विभागका वरिष्ठ वैज्ञानिक आरके जेनामानीले भने– ‘असम, मेघालय, अरुणाञ्चल प्रदेश, बिहार, पश्चिम बंगालको उप हिमालय क्षेत्र र सिक्किममा आगामी ३ दिन भारी वर्षा हुनेछ । यसकारण बाढीको सम्भावना छ । हामीले यसबारेमा केन्द्र र राज्य सरकारलाई सूचित गरिसकेका छौं ।’यसअघि २२ जुनमा राष्ट्रिय आपत व्यवस्थापन प्राधिकरणले बिहार र असमका धेरै जिल्लाहरुका नदीहरुमा बाढी आउने खतरा रहेको चेतावनी दिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप