गृहपृष्ठ ∕ समाचार ∕ कुवेतबाट दुई चार्टर उडान मार्फत ३०४ जना नेपाल फर्किए कुवेतबाट दुई चार्टर उडान मार्फत ३०४ जना नेपाल फर्किए हरि कृष्ण न्यौपाने असार ११, २०७७ गते २३:३४ मा प्रकाशित कुवेत – कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर आरएनएर्ण२३७७/२३७८ को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर एच९५७१४ को विमान मार्फत १५५ जना नेपालीहरू स्वदेश फर्किएका हुन।यसरी चर्टर उडान मार्फत फर्किनेहरुमा स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु, अपांगता भएका लगायतका व्यक्तिहरु भएको नेपाली राजदुताबासले बिज्ञप्ती मार्फत जनाएको छ।त्यसै गरी गैरकानुनी रुपमा कुवेतमा बस्दै आएका र आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका २९९१ जना मध्ये १५६५ जना नेपाल फर्किएका छन।उनिहरुलाई कुवेतको जजिरा एयरवेजको १० वटा उडान मार्फत कुवेत सरकारले निशुल्क नेपाल पुर्याएको हो भने बाँकीलाई पनि क्रमश लगिने राजादूताबासले जनाएको छ।यसै बिच एनआरएनए एनसिसी कुवेतको अगुवाइमा कुवेतमा भएका विभिन्न नेपाली संघ-संस्थाहरुको प्रतिनिधित्व सहित कुवेतमा समस्यामा परेका नेपाली कामदारहरुलाई सहज रुपमा स्वदेश फर्काउने लगाएतका विभिन्न बिषयहरु समामेबेस गरीएको बिज्ञप्ती दूताबासमा बुझाइएको छ।जुन-२४,२०२० का दिन नेपाली राजदूताबास कुवेतमा गएर दूताबासका कुटनैतिक कर्मचारीहरुको माझमा महामहिम राजदूत दूर्गा प्रसाद भन्डारीलाई ज्ञापन पत्र बुझाउदै विभिन्न बिषयमा छलफल गरिएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप