गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति भण्डारीद्वारा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक आह्वान राष्ट्रपति भण्डारीद्वारा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक आह्वान दीप संञ्चार असार १०, २०७७ गते २०:२० मा प्रकाशित काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक विषयमा छलफल गर्नका लागि शीर्ष नेताहरूको बैठक आह्वान गरेकी छिन्।राष्ट्रपति कार्यालयका अनुसार भण्डारीले बुधबार साँझ ५ बजे उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन्।छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित विभिन्न राजनीतिक दलका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ।‘नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछिको परिवेश, कोभिड–१९ प्रकोप लगायत पछिल्ला राजनीतिक घटनाक्रममाथि छलफल हुन लागेको हो,’ राष्ट्रपतिको सचिवालयले भन्यो।सचिवालयका अनुसार पछिल्ला राजनीतिक घटनाक्रममा राष्ट्रिय एकता कायम गर्ने तथा देशमा कोभिड-१९ प्रकोपले उत्पन्न परिस्थितिका सन्दर्भमा पनि छलफल हुनेछ।‘सम्माननीय राष्ट्रपतिज्यू, अभिभावकीय दायित्वअनुसार विभिन्न समयमा विभिन्न क्षेत्रका शीर्ष नेतृत्वसँग छलफल गरिरहनु भएको हुन्छ, त्यसैको निरन्तरताका रुपमा यो छलफललाई लिन सकिन्छ,’ सचिवालय स्रोतले भन्यो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट