गृहपृष्ठ ∕ समाचार ∕ ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली पक्राउ ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली पक्राउ दीप संञ्चार असार ९, २०७७ गते २१:०२ मा प्रकाशित सिड्नी – अष्ट्रेलियामा अनलाईनबाट ठगी गरेको आरोपमा एक महिला र एक पुरुष गरि दुइ नेपाली समातिएका छन् । उनीहरुलाई वृद्ध अष्ट्रेलियनलाई टेलिफोन गरि पैसा ठगी गरेको आरोप लागेको छ ।न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार गत जुन १९ शुक्रवार ८५ वर्षीय महिलाले आफु ठगीमा परेको उजुरी गरेकी थिईन् । लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । ठगहरुले बैंकको प्रतिनिधी बनेर ती महिलालाई टेलिफोन गरि उनको बैंक खातामा समस्या आएर बन्द गरि नयाँ खाता खोल्नुपर्ने सुझाएको विज्ञप्तीमा भनिएको छ ।नयाँ खातामा जम्मा गर्नका ३ हजार डलर दिनुपर्ने भन्दै ठ’गहरुले ती महिलालाई विश्वास दिलाएका थिए । पैसा लिन उनीहरु नक्कली कुरियरकर्मी बनेर ती वृद्धाको पारामाट्टा नजिकैको टेलोपीस्थित घरमै गएको प्रहरीले जनाएको छ । पैसा दिएपछि शंका लागेर ती वृद्धाले प्रहरीलाई उजुरी गरेकी थिईन् । प्रहरीमा उजुरी परेपछि पनि ती समुहले टेलिफोन गरेर थप ५ हजार डलर मागेका थिए । पैसा लिन आएका बेला २२ जुन सोमबार साझ प्रहरीले यी दुइ नेपालीलाई ती वृद्धाको घर नजिकैबाट समातेको हो ।पक्राउ पर्ने महिला २२ वर्षकी छिन् भने पुरुष १९ वर्षका छन् । उनीहरुलाई पारामाटा अदालतले थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको छ । सोधपुछका क्रममा यी दुइ अन्तरदेशिय ठगहरुको गिरोहमा संलग्न रहेको र पैसा संकलन गरेर विदेशमा पठाउन सक्रिय रहेको खुलेको छ । अनुसन्धानका क्रममा यो समुहले अन्य थुप्रैलाई फोन गरेर बैक खाता खोल्न लगाई नक्कली कुरियरकर्मी बनेर पैसा भुक्तानी लिएको बुझिएको छ ।जागिरको प्रलोभनमा परेर नेपाली विद्यार्थीले आफ्नो परिचयपत्रहरु जताभावी पठाउदा अष्ट्रेलियामा उनीहरुको कागजात दुरुपयोग हुने क्रम समेत बढेको छ । अष्ट्रेलियामा गत वर्ष मात्रै साढे ४ सय मिलियन डलर भन्दा बढी रकम अनलाईनबाट ठ’गी भएको छ ।- जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप