गृहपृष्ठ ∕ समाचार ∕ पाल्पाको सम्मोबारीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो पाल्पाको सम्मोबारीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो दीप संञ्चार असार ९, २०७७ गते १९:४२ मा प्रकाशित बुटवल – तानसेन–गुल्मी सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।४ वटा सवारी सधान पुरिने गरी भएको सो घटनामा मंगलबार थप एउटा शव फेल परेसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।उद्धारको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । मृतक झापा शिवसतासी नगरपालिका वडा नम्बर ८ झिलेझिले बस्ने १८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।सोमबार दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हनेहरुमा पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ वर्षीय विर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । मृतक सबै गुल्मीको एक निर्माण कम्पनीमा काम गर्नेहरु हुन् ।पहिरोमा ४ वटा सवारी साधन पुरिएको अवस्थामा भेटिएका छन । पुरिएका सवारी साधनहरुमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो र लु १ च ७०११ नम्वरको कार रहेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट