गृहपृष्ठ ∕ समाचार ∕ कतारबाट २० नेपालीका शव आए कतारबाट २० नेपालीका शव आए दीप संञ्चार असार ५, २०७७ गते २०:१४ मा प्रकाशित काठमाण्डौ – नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका छन्।लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका शव पनि आइरहेका हुन्।चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव आएका छन्। कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ।बोर्डका अनुसार विदेशबाट आएका शवको पहिचान र नेपालभित्रै पठाउनु पर्ने जिल्लाको सबै विवरण आउन केही समय लाग्ने छ।अहिले अनुमानित विवरण आएको र शवको विस्तृत पहिचान र एकिन संख्या आउन केही समय लाग्ने बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।‘हामीले नेपाल आइपुगेका शवलाई सम्बन्धित जिल्लामा पुर्याउनका लागि गाडीको व्यवस्था गरिरहेका छौं। तर यसको एकमुष्ट विवरण आउन भने समय लाग्छ,’ उनले भने।सुवेदीले शवलाई विदेशबाट नेपाल ल्याउने र काठमाडौंबाट जिल्ला पुर्याउनेसम्मको खर्च व्यवस्थापन बोर्डले गरिरहेको जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति