गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्कदै युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्कदै सुर्य बहादुर खवास असार ५, २०७७ गते १९:०२ मा प्रकाशित युएई – कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालिहरु स्वदेश फर्किएका छन । नेपाल एयरलाइन्सको उडान नम्बर आर ए २२९२ बाट १ सय १ जना महिला र ४७ जना पुरुष सहित १ सय ४८ जना नेपाल फर्किएका छन ।नेपाल फर्कनेमा ९४ जना गर्भवती महिला, १० जना दिर्घरोगी, १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक तथस ३ जना जेष्ठ नागरिक रहेको दूतावासले जनाएको छ । यसैगरि उक्त उडानमा गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।उक्त उडानमा गत चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव पनि पठाइएको दूतावासले जानकारी दिएको छ । आज दुबइको अन्तराष्ट्रीय विमानस्थल टर्मीनल २ बाट नेपाल एयरलाइन्सको उडान मार्फत स्वदेश फर्किन लागेका १ सय ४८ जनाकै कोरोनाको परिक्षण नि:शुल्क भएको छ । दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धार भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभएको छ ।यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् । नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएईको समय अनुसार बिहान ११ बजे हुने जनाईएको छ । पहिलो चरणमा यूएईबाट नेपाल एयरलाइन्सले दुई, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेबियायाले ३/३ वटा उडान भर्ने दूतावासले जनाएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै