गृहपृष्ठ ∕ समाचार ∕ प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छः राजेन्द्र महतो प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छः राजेन्द्र महतो दीप संञ्चार जेठ ३१, २०७७ गते २२:४२ मा प्रकाशित काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले ५८ वर्षअगाडिसम्म नेपालको नक्सामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा कसले बेचेको भनेर खोज्ने बेला आएको बताएका छन्।प्रतिनिधिसभाको शनिबारको बैठकलाई सम्बोधन गर्दै महतोले ५८ वर्ष पहिले नेपालको नक्सामा समोवश भएको भूमि बेच्नेलाई सार्वजनिक गर्न माग गरेका हुन्। ‘५८ वर्षअगाडि नेपाली भूमि कसले बच्यो? त्यसलाई सार्वजनिक गर्नुपर्दैन? स्वेतपत्र जारी गर्नुप¥यो,’ महतोले भने, ‘राष्ट्रघातीहरूलाई टुँडिखेलमा ल्याएर सार्वजनिक गर्नुपर्छ।’अध्यक्ष महतोले महाकाली सन्धिको विषय उठान गर्दै सत्तारुढ दलका नेताहरूमाथि कटाक्ष गरे। पार्टी फुटाएर महाकाली सन्धि पारित गर्दा महाकाली नदीको मुहार कहाँ थियो भनेर किन नखोजेको भनेर उनले प्रश्न गरे। साथै राष्ट्रियताको सवालमा मधेशीलाई पटक–पटकलाई अग्निपरीक्षा नदिन अध्यक्ष महतोले चेतावनी दिए। ‘प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छ,’ उनले भने।संविधान संशोधनको प्रस्ताव ऐतिहासिक रहेको उल्लेख गर्दै महतोले सारा नेपाली जनताको भावना प्रतिबिम्वित भएको प्रस्तावको पक्षमा आफूहरूले मतदान गर्ने बताए। राष्ट्रियता कसैको एकलौटी नहुने तर्क गर्दै सबैको साझा हो भनेर आत्मसात गर्न पनि उनले आग्रह गरेका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ