गृहपृष्ठ ∕ समाचार ∕ प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छः राजेन्द्र महतो प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छः राजेन्द्र महतो दीप संञ्चार जेठ ३१, २०७७ गते २२:४२ मा प्रकाशित काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले ५८ वर्षअगाडिसम्म नेपालको नक्सामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा कसले बेचेको भनेर खोज्ने बेला आएको बताएका छन्।प्रतिनिधिसभाको शनिबारको बैठकलाई सम्बोधन गर्दै महतोले ५८ वर्ष पहिले नेपालको नक्सामा समोवश भएको भूमि बेच्नेलाई सार्वजनिक गर्न माग गरेका हुन्। ‘५८ वर्षअगाडि नेपाली भूमि कसले बच्यो? त्यसलाई सार्वजनिक गर्नुपर्दैन? स्वेतपत्र जारी गर्नुप¥यो,’ महतोले भने, ‘राष्ट्रघातीहरूलाई टुँडिखेलमा ल्याएर सार्वजनिक गर्नुपर्छ।’अध्यक्ष महतोले महाकाली सन्धिको विषय उठान गर्दै सत्तारुढ दलका नेताहरूमाथि कटाक्ष गरे। पार्टी फुटाएर महाकाली सन्धि पारित गर्दा महाकाली नदीको मुहार कहाँ थियो भनेर किन नखोजेको भनेर उनले प्रश्न गरे। साथै राष्ट्रियताको सवालमा मधेशीलाई पटक–पटकलाई अग्निपरीक्षा नदिन अध्यक्ष महतोले चेतावनी दिए। ‘प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छ,’ उनले भने।संविधान संशोधनको प्रस्ताव ऐतिहासिक रहेको उल्लेख गर्दै महतोले सारा नेपाली जनताको भावना प्रतिबिम्वित भएको प्रस्तावको पक्षमा आफूहरूले मतदान गर्ने बताए। राष्ट्रियता कसैको एकलौटी नहुने तर्क गर्दै सबैको साझा हो भनेर आत्मसात गर्न पनि उनले आग्रह गरेका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति