गृहपृष्ठ ∕ समाचार ∕ सुगौली सन्धिदेखि नै महाकाली पूर्वको भूमि नेपालकोः शेरबहादुर देउवा सुगौली सन्धिदेखि नै महाकाली पूर्वको भूमि नेपालकोः शेरबहादुर देउवा दीप संञ्चार जेठ ३१, २०७७ गते २२:३८ मा प्रकाशित काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुगौली सन्धिदेखि नै महाकाली नदी पूर्वको भूभाग नेपालको भएको बताएका छन्।प्रतिनिधिसभाको शनिबारको बैठकमा संशोधन संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने विषय अकाट्य रहेको बताएका हुन्। अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको उल्लेख गर्दै देउवाले भने, ‘कसैले महाकाली पनि भन्छन्, तर हामी काली नै भन्छौं, चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ, नेपालीमा भन्दा काली नदी नै हो।’देउवाले देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको प्रष्ट पार्दै संविधान संशोधन विधेयक देशको अखण्डता र राष्ट्रियताका पक्षमा रहेको बताए। ‘त्यसै कारण नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको हो, संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको हो,’ उनले भने।शनिबारको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरी निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक दर्ता भएको छ। उक्त विधेयकको दफावार छलफल अहिले जारी छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल