अन्तराष्ट्रिय बाल श्रमिक दिबस सन्दर्भमा बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालको प्रेस विज्ञप्ति
काठमाण्डौ – आज बाल अधिकार सम्बन्धी महासन्धीलाई संयुक्त राष्ट्र संघले अनुमोदन गरेको ३१ बर्ष पुरा भएको छ साथै नेपालले पनि यस सन्धीलाई अनुमोदन गरेको २८ बर्ष पुरा गर्दैछ । नेपालले बालश्रम सम्बन्धी अन्य दुइवटा अनुबन्धलाइ पनि अनुमोदन गरेकोछ भने बाल श्रम रोक्ने ऐन, बालअधिकार ऐन समेत कार्यान्वयनमा ल्याएको छ ।
आज विश्व कोभिड–१९ सँग लडिरहेकोछ साथै विश्वका भण्डै २९.३ प्रतिशत र नेपालमा झण्डै ४० प्रतिशत बालबालिकाहरु यस कोभिडको लडाईमा उच्च जोखिममा साथ बाँचिरहेकाछन । यस परिपेक्ष्यमा ऋयखष्म(ज्ञढस् एचयतभअत ऋजष्मिचभल ाचयm ऋजष्मि ीबदयगच, लयध mयचभ तजबल भखभच१ु भन्ने नाराका साथ आजमा विश्व अन्राष्ट्रिय बाल श्रमिक दिबस मनाई रहेकोछ । अन्राष्ट्रिय बाल श्रमिक दिबसको यस अबसरमा बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपाल विश्वका सम्पूर्ण आदरणिय बालअधिकारकर्मी, मानवअधिकारबादी तथा नागरिक समुदायहरुलाई बधाई, शुभकामना तथा तपाईले आफ्नो क्षेत्रमा बालअधिकारको रक्षाको लागी गर्नु भएको कार्यहरुको हार्दिक सम्मान गर्न चाहान्छ ।
नेपाल बालश्रमको अबस्था
विश्व श्रम संगठनको अनुसार नेपालमा ५ देखी १७ बर्ष उमेर समुहका १.६ मिलियन बालबालिकाहरु श्रमीकछन । त्यसमा ६ लाख भन्दा बढि उच्चजोखिम युक्त श्रम गरिरहेकाछन भने झण्डै ६० प्रतिशत उच्च जोखिम युक्त काम गर्ने बालिकाहरु रहेकाछन । राज्यले कानून बनाउने बाहेक बाल श्रम न्यूनीकरणकोलागी कुनै ठोस योजना दिन सकेको छैन । विगत ५ बर्षको मात्र बालश्रमको अबस्थालाई हेर्ने हो भने कुनै तात्विक फरक हामीले पाएका छैनौं ।
अन्तराष्ट्रिय बाल श्रमिक दिबसको पूर्ब सन्ध्यमा हिजो मात्र बालबालिका खोजतलास केन्द्रको समन्वयमा जोखिमयुक्त यातना खेपिरहेका घरेलु बालश्रमिको उद्धार सुकेघाराबाट भएको घटनाबाट प्रष्ट हुन्छ नेपालमा ति १.६ मिलियन श्रमिक बालबालिकाहरुको दयनिय अबस्था ।यो एक प्रतिनीधी घटना मात्र हो ।यस महासंघ त्यस प्रकारको जोखिमयुक्त यातना दिने व्यक्तिलाई कडा भन्दा कडा कारबाही कुनै पनि महामारीको बहानामा रोक्न र ढिला नगर्न जोडदार माग गर्दछ भने बालश्रमको अन्त्यको लागी नारा भन्दा पनि ठोस कार्यक्रम अगाडि बढाउन अनुरोध गर्दछ ।
अनाथ बालबालिकाको अबस्था
राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको नेपालमा बालबालिकाको स्थिति प्रतिबेदन ७५ अनुसार पनि अनाथ बालबालिकाको संख्या अघिल्लो वर्षभन्दा बढेको देखाएको हो । १४ जिल्लाका ५ सय ३३ बालगृहमा अघिल्लो वर्ष १४ हजार ८ सय ६४ बालबालिका आश्रित रहेकामा यो बर्ष बढेर १५ हजार ५ सय ६५ पुगेको छ ।
यसरी सरकारी तथा गैर सरकारी संस्थाहरुले अराबौं बजेट खर्च गरे पनि बालबालिकाहरु अनाथ रहनु बालबालिकाहरुको परिबारमा बाच्न पाउने अधिकारको पूर्ण हनन हो । यसरी बाल गृहलाई बालअधिकार सम्बन्धी विश्व महासन्धी र बालअधिकार सम्बन्धी ऐनले समेत अन्तिम विकल्पको रुपमा स्पष्ट व्यबस्था गरेको अबस्थामा यसरी बालबालिकाहरुलाई अनाथ बनाएर बालगृहमा राख्ने काम नघट्नु आफैमा बाल अधिकारको हनन र बाल हिंसा हो ।यस सम्बन्धमा छिट्टै आबश्यक कार्य गर्न र उनीहरुलाई परिबार खोज्नको लागी समेत नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु ।
राष्ट्रिय तथा अन्तरष्ट्रिय धर्मपुत्र ग्रहण सम्बन्धमा
बालअधिकार सम्बन्धी विश्व महासन्धी र बालअधिकार सम्बन्धी नेपाल ऐनले समेत अनाथ बालबालिकाहरुलाई उनीहरुको परिबारमा पारिबारिक बातबरणमा बाच्न पाउने अधिकारलाई उच्च महत्व दिएको छ भने १८ बर्ष पछि पनि अनाथालयको उनीहरुको त्रासतीपूर्ण यात्रा सकिए पनि ति अनाथ बालबालिकाहरु परिबार, नाता, गोता, सम्पती, नाम सबैबाट बन्चित भई अनाथ बयस्क हुनु पर्ने पिडा कम गर्नको लागी एक मात्र विकल्प धर्मपुत्रपुत्री प्रक्रिया भएको हुदाँ राष्ट्रिय तथा अन्तरष्ट्रिय धर्मपुत्र ग्रहण सम्बन्धी व्यवस्थालाई व्यवस्थित, मर्यादित रुपमा अगाडि बढाउन समेत नेपाल सरकार समक्ष हार्दिक अुनुरोध गर्दछु ।
अन्तमा, यही जेठ २९ गते कान्तिपुर दैनकिमा प्रकाशित समाचार प्रति यस महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । नवराज विक र उनका पाँच साथी मारिएको घटनाको प्रारम्भिक अनुसन्धानमा प्रेमिका भनिएकी १७ वर्षीया किशोरीको प्रत्यक्ष संलग्नता प्रहरीले आज सम्म नभेटेको र कानुन अनुसार उनी नाबालिग भएको अबस्थामा उनीप्रति प्रहरी–प्रशासन समेत संवेदनशील नभएको समाचार आएकोछ भने सामाजिक सञ्जालमा भइरहेका चरित्रहत्या प्रति नत अधिकारीकर्मी नत नागरिक समाजले आवाज उठाएकाछन ।
अपराध संहिता, २०७४ र बालबालिकासम्बन्धी ऐन, २०७५ मा १८ वर्षमुनिका बालबालिकालाई अनुसन्धानका क्रममा पनि वयस्कलाई झैं हिरासत कक्षमा नराखी बालसुधार गृहमा राख्नु पर्नेमा रुकुम पश्चिम प्रहरीले उनलाई हिरासतमै राखेको समाचार प्रति हामी गम्भिर भएकाछौं । उनलाई यथासक्य छिटो बालसुधार गृहमा राखी अनुशन्धान अगाडि बढाउन र एक निर्दोश बालिका उपर बिभिन्न समाचार तथा समाजिक सन्जालहरुमा चरित्रहत्या हुने गरि समाचारहरु प्रकाशित भएकोले ति समाचारबाहक संस्था र समाजिक संजाल प्रयोगकर्ताहरुलाई कारबाहीको दायरामा ल्याउन समेत जोडदार माग गर्दछौं ।
अन्राष्ट्रिय बाल श्रमिक दिबसको यस अबसरमा बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपाल हार्दिक बधाई, शुभकामना व्यक्ति गर्दछ ।
अध्यक्ष
मनोज कुमार कँडेल
बालबालिकाको निमित्ति गैर सरकारी संस्था महासंघ नेपाल
भृकुटिपण्डप, काठमाण्डौं ।
जेठ ३०, २०७७
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस