गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रिपरिषदद्वारा चार्टर्ड फ्लाइट दरको निर्णय फिर्ता,एयरलाइन्सहरुले आफ्नै हिसावले टिकट बिक्री गर्न पाउने मन्त्रिपरिषदद्वारा चार्टर्ड फ्लाइट दरको निर्णय फिर्ता,एयरलाइन्सहरुले आफ्नै हिसावले टिकट बिक्री गर्न पाउने भागिरथ योगी जेठ ३१, २०७७ गते ६:३७ मा प्रकाशित काठमाडौँ – शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले चार्टर्ड फ्लाइटको टिकट दर महंगो भएको भन्दै आलोचना भए पछि सो निर्णय फिर्ता लिएको बताइएको छ। अब अन्य एयरलाइन्सहरुले आ–आफ्नो हिसावले टिकट बिक्री गर्न पाउने छन्।गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार आयोजित अनलाइन अन्तरक्रियालाई सम्वोधन गर्दै संघका अध्यक्ष कुमार पन्तले सम्बन्धित देशका दूतावासको संयोजनमा विमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएको जनाए। “विदेशमा अफ्ठेरोमा परेर स्वदेश फर्किनुपर्ने नेपालीलाई तोकेको भाडा महँगो भएकाले पुनरावलोकनका लागि हाम्रो निरन्तरको आग्रहपश्चात् सरकारले केही सकारात्मक निर्णय गरेको छ।यसका लागि हामी नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छौं,” पन्तले भने। पन्तले नेपाल फिर्तिको लागि तोकेको भाडा दरको निर्णय नेपाल सरकारले पुनरावलोकन गरेपछि अब सस्तो भन्दा सस्तो जहाज भाडामा लिएर लैजान सकिने वताए। उनले आवश्यक परे गैरआवासीय नेपाली संघ आफै हवाईजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धारको लागि तयार रहेको बताए।पर्याप्त तयारी अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका महासचिव डा. हेम राज शर्माले विदेशबाट फर्किने नेपालीहरुको व्यवस्थापनमा नेपाल सरकारले पर्याप्त तयारी गर्नु पर्नेमा जोड दिए। उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघ बीच सहकार्य गरेर विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमा पुनःस्थापना गर्न सकिने विचार व्यक्त गरे। यसअघि नेपाल सरकारले कोरोनो भाइरसका कारणले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न टिकट दर आफैले तोके पछि सो निर्णय विवादमा भएको थियो।गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार आयोजित अनलाइन अन्तरक्रियालाई सम्वोधन गर्दै संघका उपाध्यक्ष डा. बद्री केसीले कोरोना भाइरसको महामारीमा संघले खेलेको भूमिकाका कारण विदेशमा नेपालहरु अलपत्र हुनबाट बचेको बताए। उनले विदेशमा नेपालीहरुको शव ठूलो संख्यामा अलपत्र रहेको र त्यसको व्यवस्थापन गर्न चुनौती रहेको बताए।कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुका समस्यका बारेमा आआफ्ना भनाईहरु राखेका थिए। कार्यक्रमको संयोजन संघका प्रवक्ता डिबी क्षेत्रीले गरेका थिए। – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप