गृहपृष्ठ ∕ समाचार ∕ सरकारले चार्टर्ड उडानमा यात्रुसँग बढी भाडा लिएको गुनासो ब्यबस्थापन गर्न छानबिन समिति गठन सरकारले चार्टर्ड उडानमा यात्रुसँग बढी भाडा लिएको गुनासो ब्यबस्थापन गर्न छानबिन समिति गठन दीप संञ्चार जेठ २९, २०७७ गते ८:४९ मा प्रकाशित काठमाण्डौ – सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले यात्रुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको भनी आएको गुनासोबारे छानबिन गर्न मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य र पर्यटन मन्त्रालयका उपसचिव राजन नेपाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो सम्बन्धमा जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिएको हो ।सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । साथै आगामी दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि हो उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुको नामावलीसहितको पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा रकमसमेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित वायु सेवा कम्पनीमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधार प्रस्तावित भााडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।कोभिड १९ को कारण सिर्जित परिस्थिले गर्दा नेपालमा रहेका विदेशी तथा भिसाा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाज हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको यात्रुहरुको गुनासो रहेकोप्रति पनि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । -राससक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप