गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार दीप संञ्चार जेठ २४, २०७७ गते २१:०५ मा प्रकाशित काठमाडौं : शनिबार बसेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा सरकारले लकडाउनकै बीचमा आर्थिक गतिविधिलाई सुचारु सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल गरेको छ।प्रधानमन्त्री कार्यालय सचिव नारायण विडारीले जानकारी दिए अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकमा आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय र अत्यावश्यक सेवाका क्षेत्रमा सहजता दिलाउँदै जाने विषयमा छलफल भएको हो ।लकडाउन लम्बिदै जाँदा आर्थिक क्रियाकलापसमेत ठप्प भएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने तयारी अनुसार चरणवद्ध रुपमा आर्थिक क्रियाकलाप सञ्चालनका लागि सरकारले सहजिकरण गर्नेगरी छलफल अगाडि बढाएको सचिव विडारीको भनाइ छ। तर आर्थिक क्रियाकलाप सञ्चालन गर्ने विषयमा तयार भएको मस्यौदामा छलफल भए पनि निर्णय भइनसकेको सचिव विडारीको भनाइ छ।२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म गर्ने सरकारको निर्णयप्रति केही व्यवसायी आक्रोशित बनेर उद्योग खोल्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी स्वरुप छलफल थालेको हो। प्रधानमन्त्री केपी ओलीले अघिल्लो मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटिबारे स्पष्ट खाका ल्याउन उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेललाई निर्देशन दिएका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप