गृहपृष्ठ ∕ समाचार ∕ कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना पोजेटिभ कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना पोजेटिभ दीप संञ्चार जेठ २३, २०७७ गते १८:५८ मा प्रकाशित कपिलवस्तु – कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार यशोधरा गाउँपालिका–७ का मात्र २९ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा– ७ का ८ महिने बालकमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै महाराजगञ्ज नगरपालिकामा १५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए ।कपिलवस्तुका १० स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । यहाँमात्रै संक्रमितको संख्या १ सय ३५ पुगेको छ । यशोधरापछि महाराजगञ्ज नगरपालिकाका ६५ जना, मायादेवी गाउँपालिकाका ५४ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिका ९चन्द्रौटा० मा ४८ जना, शुद्धोधन गाउँपालिकामा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।कपिलवस्तु नगरपालिका ९तौलिहवा० मा २८ जना, बुद्धभूमि नगरपालिकामा २५ जना, बाणगंगा नगरपालिकामा २२ जना र विजयनगर गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ फोकल पर्सन थापाका अनुसार जिल्लाका १२ सय जना भन्दा बढीको प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छ । कपिलवस्तुमा हालसम्म ५ हजार ९ सय जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।शुक्रबारको रिपोर्टसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप