गृहपृष्ठ ∕ समाचार ∕ ब्राउनसुगरसहित तुल्सीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स नियन्त्रणमा ब्राउनसुगरसहित तुल्सीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स नियन्त्रणमा दीप संञ्चार जेठ २३, २०७७ गते ११:३३ मा प्रकाशित दाङ – दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एम्वुलेन्स नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१च ३८९ नम्बरको तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडक खण्डको दमारगाउँबाट बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले जनाए अनुसार चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका–१३ बडहरा निबासी २३ वर्षीय शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ बर्षकी दिपा थापा रहेका छन् । प्रहरीले युवायुवतीको साथबाट करिब ६.७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ ।उनीहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको प्रहरीले तस्रोतले बतायो । यता, प्रहरीले भने यो विषयमा कुनै प्रतिकृया दिन चाहेन् । योसहित तुलसीपुरमा एम्बुलेन्समा ब्राउनसुगर फेला पर्ने दोस्रो घटना हो । केहि बर्ष अघि तुलसीपुरको गुम्राह चोकबाट पनि प्रहरीले ब्राउनसुगरसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप