गृहपृष्ठ ∕ समाचार ∕ डिस्चार्ज गरेर घर गएकाहरुको रिपोर्ट पोजेटिभ आए पछि डिस्चार्ज गरेर घर गएकाहरुको रिपोर्ट पोजेटिभ आए पछि प्रिया स्मृती गजमेर जेठ २२, २०७७ गते २१:१२ मा प्रकाशित दाङ – राजपुर गाउँपालिकाको क्वारेन्टाइन बाट डिस्चार्ज गरिएका तीन जनालाई फेरि कोरोना पोजेटिभ देखिएको छ ।राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछी बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठाएको थियो । तर, बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भयो । त्यसपछी कोरोना परिक्षण गरिएको रिपोर्ट नआउदै डिस्चार्ज गरिएको घटना बाहिर आयो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना दिदा भएको त्रुटीले गर्दा समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । ‘क्वारेन्टाइनमा बसेका मध्य ३५ जनाको नमुना परिक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ । तर, हामीलाई जानकारी गराउदा एक सय ५७ जनाकै परिक्षण गर्दा तीन जनामा देखियो भन्ने सूचना आएपछी तीन जना बाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो गाउँपालिकाका अध्यक्ष केसीले भने ।बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित फेला परेको जानकारी आएपछी फेरी हामीले घर घरमा पुगेर ल्याएका छौं ।’ गाउँपालिकाले गम्भिर गल्ती गरेको भन्दै कोरोना संक्रमितका परिवारका सदस्य र गाउँलेहरुले विरोध समेत गरेका छन् । बिहिबार पुष्टि भएका तीन जना मध्य दुई जना सम्पर्कमा आएको र एक जनालाई सम्पर्कमा ल्याउने काम भैरहेको राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले बताए ।आज बिहिबार राजपुर–२ निवासी ३४ बर्षिय, वडा नम्बर ३ निवासी २७ बर्षिय र वडा नम्बर ४ निवासी २६ बर्षिय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप