गृहपृष्ठ ∕ समाज ∕ ५ वर्षीया बालिका बलात्कार गर्नेलाई १ वर्ष कैद ५ वर्षीया बालिका बलात्कार गर्नेलाई १ वर्ष कैद दीप संञ्चार जेठ २१, २०७६ गते १२:४९ मा प्रकाशित उदयुर : ५ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका १२ वर्षीय बालकलाई जिल्ला अदालतले सोमबार १ वर्ष कैद फैसला सुनाएको छ। जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बालकलाई १ वर्ष कैद र क्षतिपूर्तिवापत ५० हजार जरिवानाको फैसला सुनाएको हो।कसुरदार नाबालक रहेकाले बालबालिका ऐनअनुसार उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्था अनुरुप यस्तो फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए । उनले भने, ‘उमेर पुगेको भए दुई वर्ष कैद हुने थियो, बालक नै ठहरिएकाले आधा सजाय निर्धारण गरियो।’ कसुरदारले ०७५ फागुन १८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका थिए।घटनालगत्तै फरार रहेका कसुरदारलाई प्रहरीले फागुन १९ गते पक्राउ गरेको थियो। घटनाको अनुसन्धानबाट कारवाही हुने देखिएपछि अदालतले फागुन ३० गते उनलाई पुर्पक्षका लागि बालसुधारगृह बिराटनगर पठाउने आदेश दिएको थियो।उनलाई अदालतले ०७६ जेठ २० गते कसुर ठहर गर्दै जेठ २० मा सजाय निर्धारणका लागि पुनः पेश गर्न आदेश दिएको थियो। अन्नपूर्ण पोष्टमा समाचार छ ।क्याटेगोरी : समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप