गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ बहराइनमा कोरोना संक्रमित कुनै नेपालीको मृत्यु भएको छैन : नेपाली दूतावास बहराइनमा कोरोना संक्रमित कुनै नेपालीको मृत्यु भएको छैन : नेपाली दूतावास दीप संञ्चार जेठ १८, २०७७ गते २३:२३ मा प्रकाशित बहराइन – नेपाली दूतावास बहराइनले कोरोना संक्रमणका कारण कुनै नेपालीको मृत्यु नभएको स्पष्ट पारेको छ ।दूतावासले नेपालका विभिन्न संचारमाध्यमले गैरआवासीय नेपाली संघको हवाला दिँदै बहराइनमा अन्य कारणबाट मृत्यु भएको नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएकोमा उनी लगायत तीनजाको कोरोनाका कारण मृत्यु भएको समाचार केही संचारमाध्यममा आएको भन्दै बहराइनमा कोरोना भाइरसका कारण कुनै पनि नेपालीको निधन नभएको स्पष्ट पारेको हो ।‘कोरोना संक्रमणका कारण कोही नेपालीको बहराइनमा निधन नभएको विषयमा यसअघि समेत विज्ञप्तिबाट स्पष्ट गरिसकेकोमा राजदूतावास यस विषयमा प्रसारित पछिल्ला समाचारहरुको खण्डन गर्छ ।’ दूतावासद्धारा आइतबार जारी सूचनामा भनिएको छ ।दूतावासले कोरोना संक्रमणबाट उत्पन्न यस असहज अवस्थामा भ्रामक समाचारहरु संप्रेषण हुँदा सबैमा पर्न सक्ने मानसिक पीडा बोध गर्नुका साथै गरिमामय संघ/संस्थाबाट यसप्रकारका अपुष्ट तथा जनसमुदायमा भ्रम प्रसार हुने भएकाले त्यसो नगरीदिनु समेत अनुरोध गरेको छ ।‘बहराइनी निकायबाट जारी सूचनालाई नै चुनौती दिने गरी नेपाली कामदारहरुको हकहित प्रवद्र्धन हेतु संचालित संघसंस्थााट गलत सूचना भविष्यमा नहोस् भन्नेतर्फ समेत दूतावास सबैमा हार्दिक अपिल गर्दछ ।’ दूतावासले भनेको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल