गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ बहराइनमा कोरोना संक्रमित कुनै नेपालीको मृत्यु भएको छैन : नेपाली दूतावास बहराइनमा कोरोना संक्रमित कुनै नेपालीको मृत्यु भएको छैन : नेपाली दूतावास दीप संञ्चार जेठ १८, २०७७ गते २३:२३ मा प्रकाशित बहराइन – नेपाली दूतावास बहराइनले कोरोना संक्रमणका कारण कुनै नेपालीको मृत्यु नभएको स्पष्ट पारेको छ ।दूतावासले नेपालका विभिन्न संचारमाध्यमले गैरआवासीय नेपाली संघको हवाला दिँदै बहराइनमा अन्य कारणबाट मृत्यु भएको नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएकोमा उनी लगायत तीनजाको कोरोनाका कारण मृत्यु भएको समाचार केही संचारमाध्यममा आएको भन्दै बहराइनमा कोरोना भाइरसका कारण कुनै पनि नेपालीको निधन नभएको स्पष्ट पारेको हो ।‘कोरोना संक्रमणका कारण कोही नेपालीको बहराइनमा निधन नभएको विषयमा यसअघि समेत विज्ञप्तिबाट स्पष्ट गरिसकेकोमा राजदूतावास यस विषयमा प्रसारित पछिल्ला समाचारहरुको खण्डन गर्छ ।’ दूतावासद्धारा आइतबार जारी सूचनामा भनिएको छ ।दूतावासले कोरोना संक्रमणबाट उत्पन्न यस असहज अवस्थामा भ्रामक समाचारहरु संप्रेषण हुँदा सबैमा पर्न सक्ने मानसिक पीडा बोध गर्नुका साथै गरिमामय संघ/संस्थाबाट यसप्रकारका अपुष्ट तथा जनसमुदायमा भ्रम प्रसार हुने भएकाले त्यसो नगरीदिनु समेत अनुरोध गरेको छ ।‘बहराइनी निकायबाट जारी सूचनालाई नै चुनौती दिने गरी नेपाली कामदारहरुको हकहित प्रवद्र्धन हेतु संचालित संघसंस्थााट गलत सूचना भविष्यमा नहोस् भन्नेतर्फ समेत दूतावास सबैमा हार्दिक अपिल गर्दछ ।’ दूतावासले भनेको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट