गृहपृष्ठ ∕ समाचार ∕ प्रहरी नायब निरीक्षक टेकबहादुर माझीको मृत्यु प्रहरी नायब निरीक्षक टेकबहादुर माझीको मृत्यु दीप संञ्चार जेठ १७, २०७७ गते १३:०२ मा प्रकाशित काठमाडौँ – महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको मृत्यु भएको छ । माझी शुक्रबार अपरान्ह कार्यकक्षमै बेहोस अवस्थामा भेटिएका थिए।कार्यकक्षमै ढलेर रगत भोमिट गरेका सई माझीलाई तत्कालै पाटन अस्पताल लगिएको र अल्का–२ मा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले पुष्टि गरे ।टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट अल्का अस्पताल रिफर गरिएको एसएसपी राईले बताए । रामेछाप घर भएका खटिएका माझी संगठनमा इमान्दार र क्षमतावान प्रहरीको रुपमा चिनिन्थे । दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा जिम्मेवारी दिइएको माझीलाई शल्यक्रियापश्चात पनि उनलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल