Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ संविधान संशोधन छलफलको लागी कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

संविधान संशोधन छलफलको लागी कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनबारे छलफल हुनेछ।

कांग्रेसले यसअघि नै लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी जारी अद्यावधिक नक्सा निशान छापमा राख्न सरकारले संविधान संशोधन गर्न लागेको कुरालाई स्वागत गरेको थियो।

 कांग्रेसले संस्थागत रूपमा संविधान संशोधनको पक्षमा आफूलाई उभ्याउन केन्द्रीय कार्यसमिति बैठक राखेको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Congress

तपाईको प्रतिक्रिया दिनुहोस