गृहपृष्ठ ∕ समाचार ∕ रुकुमको हत्याकाण्ड दोषीलाई कडा कारबाहीको माग गर्दै तुल्सीपुरमा बिरोध प्रदर्शन रुकुमको हत्याकाण्ड दोषीलाई कडा कारबाहीको माग गर्दै तुल्सीपुरमा बिरोध प्रदर्शन अंकित रावल जेठ १४, २०७७ गते २१:५५ मा प्रकाशित दाङ – रुकुम पश्चिममा भएको अन्तरजातीय प्रेम सम्बन्ध पश्चात् भएको हत्या प्रकरणमा सम्लग्न दोषीलाई कडा कारबाहीको माग गर्दै तुल्सीपुरको बि.पि. चोकका बिरोध प्रदर्शन गरिएकाे छ । २ दिन अघि जाजरकोटका नवराज विश्वकर्मा र शुष्मा मल्लको अन्तरजातीय विहे हुन लागेको थाहा पाएपछि केटी पक्षका आफन्तले केटा नवराज विश्वकर्मा सहितमाथि गरेको सांघातिक हमलाबाट ३ जनाको मृत्यु भइ शव भेरी नदीमा फेला परेको छ भने ३ जना बेपत्ता रहेका छन् ।” भेरी नदीमा बगेका ती युवाहरुको लास देख्न नसकेर आफूहरुले बन्दाबन्दीको समयमापनि विरोध कार्यक्रम गर्न बाध्य भएको र वडाध्यक्ष सहितको संलग्नतामा भएको भनिएको सो घटनाको विरुद्धमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुपर्ने ” लागु औषध निषेध समिति दाङका संयोजक श्री हेमन्तप्रकाश वलीले जानकारी दिनुभयो । उहाँले २००४ सालदेखि नै दलित मुक्ति आन्दोलन, जनयुद्धमा हजाराै दलितहरुले बगाएकाे रगतकाे अपमान गदै ल्याएकाे गणतन्त्रमा रुकुमकै पूर्वमन्त्री जनार्दन शर्माको घृणित र गैह्जिम्मेवारी अभिब्यक्ति खारेजीकाे माग समेत गर्नुभएको छ। उहाँले समाजमा रहेको छुवाछुतजन्य अपराधलाई नियन्त्रण नगर्ने हो भने समाज विघटनतिर जाने जिकिर गर्नुभयाेकार्यक्रममा उपस्थितहरुले हातमा ‘दलितको मृत्यु कहिले सम्म?’, ‘वेपत्ताको खोजी कार्य छिटो गर’ , ‘निर्दोष युवाहरुले न्याय पाउनै पर्छ’ , ‘ जातीय छुवाछूत अन्त्य गर’, लगायतका विभिन्न पम्प्लेटहरु प्रयोग गरेका थिए ।घटनामा हत्या गरिएका युवा प्रती श्रद्धाञ्जली व्यक्त गर्नुका साथै पिडितले न्याय नपाए थप संघर्ष गर्न बाध्य हुने चेतावनी कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले दिएका थिए ।‘रुकुम हत्या काण्ड लाई राजनीतिकरण गर्ने र पिडकलाई उनमुक्ति दिने खालका गम्भीर चलखेल हरु भएका समाचार आइरहेका छन् । मर्ने र मार्ने जुनसुकै जातका भएपनि त्यहाका पहिला पिडित नबराज विक र उनिका साथीहरु हुन । नबराज लगायत ज्यान गुमाउने सबैले न्याय पाउन पर्छ भन्ने हाम्रो मानवीय मान्यता हो त्यसैले कुनैपनि हालतमा रुकुम हत्याकाण्ड का दोषीले उन्मुक्ति पाउनु हुँदैन ‘ भन्ने दबाब तथा विचार सहितको कार्यक्रम सञ्चालन तथा सहजीकरण श्री तेज कुमार डाँगीले गरेको थिए भने नमुना युवा संसद तुल्सिपुरका रास्ट्रपति लगायत अन्य सदस्यहरु तथा अन्य युवा हरु गरी २० जनाको उपस्थित उक्त कार्यक्रमको आयोजना लागू औषध निषेध समिति दाङ्ले गरेको थियो ।कोरोना सङ्क्रमण महामारी को जोखिमलाई पनि मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि सम्पन्न सो कार्यक्रम सुरु हुनु अगावै कार्यक्रम संयोजकले युवालाई ग्लोब्स र सर्जिकल मास्क वितरण गरेका थिए। क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप