दुबईमा बुधबारदेखि जिम, सिनेमाघर र व्यवसायहरू पुनः संचालनमा आउदै
दुबई – यूएईको दुबईमा लकडाउनलाई खुकुलो बनाउदै २७ मे बुधबार देखि लागु हुने गरि आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै जिम, सिनेमाघर लगाएतका व्यवसायहरू संचालनमा आउने भएको छ ।
यो सँगै दुबईमा जारी कर्फ्युलाई घटाएर राति ११ बजे देखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ । यसअघि साँझ ८ बजे देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो । बुधवारबाट बिहान ६ बजेदेखि राति ११ बजेसम्म सबै खुल्ला गरिएको छ । यसमा सिनेमा घरहरु, जिम र फिटनेस केन्द्रहरू, शिक्षा र प्रशिक्षण केन्द्रहरू, बरफ रिन्क्स र डल्फिनारियम जस्ता मनोरञ्जन सुविधाहरू त्यस्तै थोक तथा होलसेल पसलहरु पुन: खोल्नेमा समावेश छ। जुन गत मार्चको अन्त्यदेखि बन्द गरिएको थियो ।
तथापि, १२ बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई अझै सुविधाहरू प्रवेश गर्न अनुमति दिनेछैन। यसैगरी दुबई बिमानस्थलबाट त्यहाँको आवसीय भिसा हुनेहरु गन्तव्यमा जान तथा ट्रान्जिट भिसा हुनेहरु रोकिन सक्नेछन् । त्यस्तै सरकारी सेवाका सबै कार्यालयहरु खुल्ला हुनेछन् । त्यस्तै दुबईका स्वास्थ्यसेवामा यसअघि बन्द गरिएका नाक, कान, घाँटीका उपचार गरिने क्लिनिकहरु पनि खुल्नेछन् । यसरी खुल्ला गरिएको क्षेत्रमा आवातजावत गर्दा, कामकारबाही गर्दा अनिवार्यरुपमा सुरक्षाका उपाय अपनाउनु पर्नेछ ।
यो व्यवस्था तत्कालका लागि दुबई राज्यमा मात्र लागू हुने यहाँको स्थानीय सञ्चारमाध्यम खालिज टाइम्सले लेखेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस