गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका नेता राहुल गान्धीले गरे भारतमा लकडाउन निर्णयको कडा आलोचना कांग्रेसका नेता राहुल गान्धीले गरे भारतमा लकडाउन निर्णयको कडा आलोचना दीप संञ्चार जेठ १४, २०७७ गते ९:१४ मा प्रकाशित काठमाडौं : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतमा लकडाउनको निर्णयको कडा आलोचना गरेका छन् । उनले सरकारले लगाएको लकडाउन पूर्ण रूपमा असफल भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।उनले भने, ‘सरकारको काम शासन सञ्चालन गर्नु हो, हाम्रो भूमिका विपक्षमा भएकाले सरकारमाथि राम्रो कामका लागि दबाब सिर्जना गर्नु हो । यदि कुनै खतरा छ र त्यसलाई सरकारले नजरअन्दाज गरिरहेको छ भने त्यसबारे ध्यानाकर्षण गराउने हाम्रो काम हो ।’ उनले आफूले फेब्रुअरीमा नै कोरोनाको महामारीबाट ठूलो संकट निम्तिने खतरा औँल्याएको उल्लेख गर्दै साना र मध्यम उद्योगलाई आर्थिक राहत प्रदान नगर्ने हो भने ठूलो नोक्सानी हुने बताएका छन् ।उनले भने, ‘जुन चेतावनी मैले फेब्रुअरीमा दिएको थिएँ, अहिले पनि त्यही भनिरहेको छु । म पूर्ण सम्मानसहित सरकारसँग आग्रह गर्दछु कि आर्थिक कदम तत्काल चालियोस् । साना उद्योगको रक्षा सरकारले गरोस् । अन्यथा ठूलो नोक्सानी हुनेवाला छ ।’ उनले मोदी सरकारले घोषणा गरेको आर्थिक राहतको प्याकेजले केही पनि नहुने बताए । गान्धीले जनतालाई मासिक रूपमा दिने भनेको रकमको ५० प्रतिशत खातामा राखिदिन र ५० प्रतिशत मात्रै हातमा दिन आग्रह गरेका छन् । उनले भने, ‘यदि हामीले सिधै गरिब जनतालाई पैसा दियौँ, मजदुरलाई दियौँ भने बाहिरी देशमा हाम्रो छविमा नकारात्मक असर पर्छ र हाम्रो रेटिङ खराब हुन्छ ।’उनले सरकारप्रति मजदुरहरू विश्वस्त हुन नसकिरहेको भन्दै उनले भारतको शक्ति बाहिरबाट नभएर भारतभित्रैबाट बन्ने कुरामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । एजेन्सीक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट