गृहपृष्ठ ∕ समाचार ∕ दाङका यूवा धनगढीमा मृत फेला दाङका यूवा धनगढीमा मृत फेला दीप संञ्चार वैशाख २०, २०७७ गते १३:११ मा प्रकाशित काठमाडौंं – कैलालीको धनगढीमा एक जना जेसिबी चालक मृत फेला परेका छन्। दाङ जिल्ला भालुवाङ घर भएका अन्दाजी ३१ वर्षीय तिलक बुढामगर आज बिहान मृत फेला परेका हुन्।धनगढी उपमहानगरपालिका- १४ मा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।काम सकाएर हिजो राति नजिकैको स्कुलमा सुतेका बुढामगर बिहान ८ बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष कुमार बस्नेतले बताए।फूलबारी बी गाउँमा माछा पोखरी निर्माण गर्ने जिम्मा लिएको देव सिंह निर्माण सेवा कम्पनीको जेसिबी चलाइरहेका उनी केही दिनयता लकडाउनका कारण नजिकैको विद्यालयमा सुत्दै आएका थिए।उनी सुतेकै अवस्था बिहान मृत फेला परेपछि प्रहरी अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए। उनले भने, ‘दाङबाट आफन्तहरू आएपछि शव उठाउने काम हुन्छ। घटना के कारणले घट्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ